अविरल वर्षातले भक्तपुर र थिमि डुबानमा

भक्तपुर, २८ असार ।  गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । 

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् । 

राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासी पुरुषोत्तम कार्कीले जानकारी दिए। 

जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् । यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ । 

मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको स्थानीय सञ्चारकर्मी पुष्करराज बुढाथोकीले जानकारी दिए। मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन् । 

यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्थामा परेको यहाँका बासिन्दा अमर थापाले बताए। रासस

 अश्लिल सामग्रीको प्रकाशन/प्रसारणमा रोक

काठमाडौं ।  सरकारले यौनजन्य अश्लिल सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको

घरायसी लिखतका भरमा सरकारी जग्गा किनबेच

२०३९ सालमा झापाबाट इलाम–फिदिम–जोरपोखरीहुँदै ताप्लेजुङ जाने मेची राजमार्ग विस्तारको काम अघि बढ्यो । मोटरबाटो खुलेपछि धेरैले राजमार्ग

क्षमता  एघार हजारको, कैदीबन्दी बीस हजार

काठमाडौं । नेपालमा कारागारको क्षमताभन्दा झण्डै दुई गुणा बढी कैदीबन्दी रहेका छन् ।  विभिन्न अपराधमा मुलुकभरका ७२ जिल्लाका ७४ कारागारमा

नेपालीको आयु भारतीयको भन्दा बढी

काठमाडौं । प्रतिव्यक्ति कुल राष्ट्रिय आय हेर्ने हो भने नेपालसँग भारतको तुलना नै हुँदैन भन्दा पनि हुन्छ। नेपालको त्यस्तो आय दुई हजार चार सय ७१