प्रकोप सुरु भएपछि हतार

वर्षभरि सरोकारवाला मौन हुन्छन् । सुक्खा लागेपछि प्रकोपपीडित पनि सेलाउँछन् । मनसुन सुरु नहुन्जेल प्रकोप र त्यसका हानिबारे चर्चा हुँदैन । जब असारमा आकाशमा बादल मडारिन थाल्छ, सरकारी र सरोकारवाला संस्था तात्न थाल्छन् । रोकथाम र नियन्त्रण कार्य सुरु गरिन्छ ।

प्रकोप सुरु भएपछि गरिने यस्तो हतारले पीडा कम हुँदैन । वर्षा लागेपछि गरिएका रोकथाम र नियन्त्रण कार्य बाढीसँगै बगेर जान्छन् ।

पश्चिम नवलपरासीस्थित प्रतापपुर ८ फडकी टोलका बासिन्दा एक दशकदेखि बाढीपीडित छन् । सधैं वर्षामा बाढीले घर भत्काउँछ, अन्नपात बगाउँछ, जसोतसो ज्यान जोगाउँछन् । उनीहरूका लागि बाढीले विनाश गरेपछि खाद्यान्न बोकेर पुग्ने संस्थाको भर पर्नुको विकल्प छैन । स्थानीय ७० वर्षीय रामेश्वर चमार राति जाग्राम बस्छन् । बाढी पस्ने चिन्तामा हुन्छन् ।

‘उज्यालोमा बाढी पस्यो भने उद्धार छिटो हुन्छ,’ उनले भने, ‘तर, रातिमा डुबायो भने बालबच्चा र बस्तुभाउ जोगाउनै मुस्किल हुन्छ ।’ उनी फडकी टोलमा बसाइँ सरेर आउँदा डुबानको समस्या थिएन । कान्तिपुर दैनिकबाट ।

द्वन्द्वका दोषीलाई सजाय नहुने

सत्यनिरुपण विधेयक घटना स्वीकार गरे ज्यान मार्नेदेखि बलात्कारसम्ममा जेल जानु नपर्ने प्रस्ताव काठमाडौ,१० माघ । द्वन्द्वकालका मानव अधिकार उल्लंघन

मुख्यमन्त्री ‘अञ्चलाधीशभन्दा कमजोर’

‘मै मन्त्री छु, गृह प्रशासनको जिम्मेवारी मैसँग छ । मैले त सरकारमा भएको अनुभूति गर्न सकेको छुइनँ’– हरिबहादुर चुमान गण्डकी प्रदेश ‘केन्द्रले

मौसमी फ्लुको सङ्क्रमण बढ्दै 

काठमाडौ,१० माघ । पछिल्लो समय अस्पतालहरूमा मौसमी इन्फ्लुएन्जा बिरामी बढेका छन् । उपत्यकाका मुख्य अस्पताल शिक्षण, वीर, कान्ति, शुक्रराज ट्रपिकल, अल्का,

सरकारका प्रवक्ता एंव सञ्‍चारमन्त्रीविरुद्ध अवहेलना मुद्दा दायर

काठमाडौ,१० माघ । सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र नेपाल टेलिकमविरुद्ध मुद्दा दायर भएको छ ।