नोबेलमा दुई दिनमा दुई सुत्केरीको मृत्यु, पैसाले ढाकछोपको प्रयास

सुनसरीको गढी गाउँपालिका–६ की चाँदनी मेहेता अघिल्लो हप्ता विराटनगरिस्थत नोबेल अस्पतालमा भर्ना भइन् । शनिवार बिहान सकुशल नानीलाई जन्म दिएकी मेहताले त्यही दिन दिउँसो ३ बजे अस्पतालमा अन्तिम श्वास फेरिन् । 

उपचारमा गम्भीर त्रुटी गरेको भन्दै आफन्त आक्रोशित बने । उनीहरुको चित्त बुुझाउन प्रशासनले ५ लाख क्षतीपूर्ति दिने सहमति त गर्यो तर, त्यही समहति अस्पतालले पालना गरे। 

उनको जस्तै घटना भयो धनकुुटा महालक्ष्मी–४ चानुवाकी निर्मला खड्काको । उनले पनि शुक्रवार छोरीलाई जन्म दिइन् । सामान्य अवस्थामा सुत्केरी भएकी खड्काको अकस्मात असामान्य अवस्था आयो भन्दै चिकित्सकले इमर्जेन्सी अप्रेशन गर्न सुुझाई अप्रेशन थिएटरमा छिराए । तर, निर्माला स्वस्थ भएर फर्किइनन, केबल निस्क्यो उनको श्वासविहीन शरीर मात्रै ।

दुुई दिनको फरकमा नोबेल अस्पतालमा भएका यी प्रतिनिधि घटना मात्र हुन् । यसअघि पनि अस्पतालमा सुत्केरी गराउन आएका महिलाको अकालमा ज्यान गएको भन्दै पटक–पटक विवादमा आउने नोबेल अस्पतालले सामान्य राहत दिएर विवाद तत्कालका लागि साम्य बनाउने प्रयत्न गर्ने गरेको छ । तर, के कारणले विरामीको ज्यान गएको हो ? त्यसतर्फ उसले चासो दिएको छैन । अन्नपूर्ण पोस्टबाट ।

द्वन्द्वका दोषीलाई सजाय नहुने

सत्यनिरुपण विधेयक घटना स्वीकार गरे ज्यान मार्नेदेखि बलात्कारसम्ममा जेल जानु नपर्ने प्रस्ताव काठमाडौ,१० माघ । द्वन्द्वकालका मानव अधिकार उल्लंघन

मुख्यमन्त्री ‘अञ्चलाधीशभन्दा कमजोर’

‘मै मन्त्री छु, गृह प्रशासनको जिम्मेवारी मैसँग छ । मैले त सरकारमा भएको अनुभूति गर्न सकेको छुइनँ’– हरिबहादुर चुमान गण्डकी प्रदेश ‘केन्द्रले

मौसमी फ्लुको सङ्क्रमण बढ्दै 

काठमाडौ,१० माघ । पछिल्लो समय अस्पतालहरूमा मौसमी इन्फ्लुएन्जा बिरामी बढेका छन् । उपत्यकाका मुख्य अस्पताल शिक्षण, वीर, कान्ति, शुक्रराज ट्रपिकल, अल्का,

सरकारका प्रवक्ता एंव सञ्‍चारमन्त्रीविरुद्ध अवहेलना मुद्दा दायर

काठमाडौ,१० माघ । सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र नेपाल टेलिकमविरुद्ध मुद्दा दायर भएको छ ।