मन्त्री परिषद्को निर्णयबाट ‘रंगिला’ भारत पठाइयो


काठमाडौं, २७ असार ।  ७ महिनाअघि भारतबाट उतैका तस्करले नेपाल ल्याएकोे रंगिला नाम गरेको ‘नाच्ने भालु’ मन्त्री परिषद्को निर्णयपछि  फर्काइएको छ ।

१९ वर्षिय उक्त अल्छी जातको भालुलाई तस्करी गरेर नेपाल ल्याएको थाहा भएपछि भारतमै फर्काउन त्यहाँको वाइल्डलाइफ एसओस र नेपालको जेन गुडअल इन्स्टीच्युटले संयुक्त प्रयास गरेको कुरा भारतीय पत्रिका द हिन्दुले लेखेको छ ।

पछिल्लो ७ महिनादेखि गरिएको कागजी प्रक्रियालाई अन्ततः नेपाल सरकारको मन्त्री परिषद्को निर्णयले स्वीकृती दिएपछि उतै फर्काइएको छ ।
७ महिना अघि तस्करले २ वटा भालु नेपाल–भारतको सिमाना राखेको खबर पाएसँगै वाइल्डलाइफ एसओएसले तस्करलाई पछ्याएपनि ती भालुसहित तस्कर नेपाल छिरेपछि भारतीय अधिकारीहरुले भालु नियन्त्रणमा लिन नेपालको सुरक्षाकर्मीको सहयोग मागेका थिए ।

नेपाली सुरक्षाकर्मीले २ जना तस्कर सहित २ वटा भालु बरामद गरेर सदर चिडियाखाना, जावलाखेलमा राखेपनि अर्को श्रीदेवी नाम गरेको १७ वर्षिय भालुको मृत्यु भएको थियो । तस्करहरुले ती भालुलाई नचाएर पैसा संकलन गर्ने कार्यमा प्रयोग गर्ने गरेका थिए ।

रंगिलालाई भारत लैजाने अनुमति पाएसँगै वाइल्डलाइफ एसओएसका प्रतिनिधिले सदर चिडियाखानाबाट आग्रास्थित भालु उद्धार केन्द्रमा लगेको छ । उक्त केन्द्रमा भालुको लागि चाहिने सबै आवश्यक पूर्वाधार रहेको कुरा पनि उक्त पत्रिकाले लेखेको छ ।  

सदर चिडियाखनाका परियोजना व्यवस्थापक चिरन्जीवी प्रसाद पोखेरेलले द हिन्दुसँग कुरा गर्दै उक्त भालुलाई फर्काउने काममा सहयोग गर्न पाएकोमा खुशी लागेको बताएका छन् । यो जातको भालु भारतीय उपमहाद्वीपमा मात्र पाइने तथा लोपोन्मुख प्रजातीको जनावर हो ।

भारतीय अधिकारीहरुलाई नेपालबाट यस्ता खतरामा परेका दुर्लभ जनावर तथा भारतमा अपराध गरि भागेका अपराधी सजिलै भारत फर्काउन नेपालले सहयोग गर्ने गरेको छ भने भारतले सहयोग गर्नुपर्ने समयमा सधैं जसो विभिन्न बहानामा नेपाली अधिकारीहरुलाई दुःख दिइ असहयोग गर्ने गरेको विगत्मा धेरै पटक सार्वजनिक भैसकेको छ ।

 

कोटेश्वर–जडीबुटी सडकमा तिहारअघि बेलिब्रिज बन्ने 

काठमाडौं । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहारअघि नै

प्रहरीकै पोलिग्राफ टेष्ट सुरु, भेटिएला त हत्यारा बारे तथ्य ?

काठमाडौं, ८ साउन । कञ्चनपुर भीमदत्तनगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको प्रारम्भीक अनुसन्धानमा संलग्न प्रहरीले

अवरुद्ध रहेको बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी, ८ असोज । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक दश दिनपछि सञ्चालनमा आएको छ । म्याग्दी र

श्रम शोषण गर्दै चप्पल उद्योग

विराटनगर, ८ असोज । मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय