बाढीले पुल बगाएपछि परीक्षा स्थगित


दार्चुला, २७ असार । गएराति अबिरल वर्षाका कारण नौगाड खोलामा आएको बाढीले पुल बगाएको छ ।

नौगाड गाउँपालिका–६ स्थित नौगाड खोलामा आएको बाढीले पुल बगाएपछि जनहित माविमा सञ्चालन भइरहेको प्रथम चौमासिक परीक्षा स्थिगित गरिएको छ ।

विद्यालय जान खोलामा निर्माण गरिएको काठे पुल बाढीले बगाएपछि परीक्षा स्थिगित गरिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रेमसिँह ठगुन्नाले जानकारी दिए ।

बाढीले पुल बगाउँदा विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् । सर्वसाधारण एउटा गाउँबाट अर्को गाउँमा आवतजावत गर्न सकिरहेका छैनन् । “खोलामा एक्कासि पानीको बहाव बढ्यो, पुल बगाएपछि विद्यार्थी कोही आउन नसकेपछि परीक्षा स्थिगित गर्नु परेको हो,” सहायक प्रधानाध्यापक ठगुन्नाले भने।

जनहित माविमा प्रथम चौमासिक परीक्षा दिइरहेका १५० विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

बाढीले जमीनसमेत कटान गरेको स्थानीयवासी बहादुरसिंह ठगुन्नाले बताए ।

यस्तै, सोही क्षेत्रको देथला–धुलिगडा सडकखण्डको ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकको पर्खाल भत्किएको छ । तीन दिनदेखि जिल्लामा दिउँसो घाम लाग्ने तथा रातिको समयमा भारी वर्षा हुने गरेको छ । रासस

 

 फ्रान्समा तातो हावाले एक हजार ५०० को ज्यान गयो 

पेरिस । अति उच्च तापक्रम तथा तातो हावाका कारण फ्रान्समा अहिलेको गर्मी याममा मात्रै १५ सय भन्दा बढीको मृत्यु भएको छ ।  मृत्यु भएका मध्ये अधिकांश जेष्ठ

पोर्चुगलमा पौडेलले भने, लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नुपर्छ

लिस्बन, ५ असोज । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि

प्रहरी र चालकबीच झडप हुँदा तीन घाइते

बाजुरा, ५ असोज । अछामको साँफेबगरमा चालकको आन्दोलनका क्रममा प्रहरी र चालकबीच झडप हुँदा साँफेबगर नगरपालिका–४ का १८ वर्षीय प्रवीण कुँवर घाइते भएका छन्

काजकिरिया भइसकेका व्यक्ति जीवितै भेटिएपछि...

पोखरा, ५ असोज । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिएका छन् । अछामको विनायक