नारायणगढ–मुग्लिन सडक भासियो, आवागमन एकतर्फी

 

चितवन, २७ असार । नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ ।

सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताए । भाँसिने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग भाँसिएको हो ।

सो ठाउँमा नौ मिटर कालोपत्रे गरिएको छ । कालोपत्रेको त्रिशूली नदीतर्फ थप दुई मिटर खुल्ला भाग रहेको छ । कालोपत्रे गरिएको आधा भागसम्म भाँसिएको खनालले बताए ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका सहायक आवासीय इञ्जिनियर ज्ञानेन्द्र घिमिरेका अनुसार भाँसिने क्रम बढेमा तत्काल भित्तो काटेर सडक विस्तार गर्नुपर्ने हुन्छ । उनले तलबाट नदीले खोलेर भाँसिएको हुनसक्ने अनुमान गरिएको बताए ।

आज विज्ञहरुको समूह आउने र के गर्ने भन्ने विषयमा टुंगो लाग्ने घिमिरेले बताएका छन् । नजिकको भित्तो होचो भएकाले विस्तार गर्न सहज हुने घिमिरेको भनाइ छ । एकलेन थप्न करीब पाँच मिटर उचाइबाट भित्तो काट्नु पर्ने बताइएको छ ।

अकस्मात् सडक रोकिन सक्ने भन्दै सडक नियमित बनाउने गृहकार्य शुरु गरिएको छ । सोही ठाउँमा २०६० सालमा रक स्वायल एङकरिङ गरिएको थियो । तत्कालीन सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर प्रकाश उपाध्यायले सोही क्षेत्रमा त्यतिबेला सडक भाँसिएर रक स्वायल एङ्करिङ गरिएको बताए ।

भित्तोमा ड्रिल गरी १०÷१५ मिटर रड घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई रक स्वायल एङकरिङ भनिन्छ । सोही ठाउँको रक एङकरिङले काम गर्न छोडेर धसिएको पनि हुनसक्ने अनुमान गरिएको छ ।

हाल सो सडक विस्तारको अन्तिम चरणमा पुगेको छ । सोही सडक हुँदै दैनिक १० हजार हाराहारी सवारीसाधन आवातजावत गर्दछन् । रासस

 

   अदालतमा चितुवा पसेपछि

अहमेदावाद, भारत । भारतको एक अदालतमा आहाराको खोजीमा हिँडिरहेको चितुवा एक्कासी भवनभित्र देखिएपछि अदालत परिसरमा केही समय त्रासको वातावरण फैलिएको थियो

सेल्फी खिच्दा बेपत्ता भएका काठमाडौंका रोजन श्रेष्ठको ५ दिनपछि शव भेटियो

पोखरा,२९ मंसिर । गत सोमबार फेवातालमा सेल्फी खिच्ने क्रममा डुबेर बेपत्ता भएका काठमाडौंका रोजन श्रेष्ठको शव आज बिहान फेला परेका छ । बिहान ७ बजे

नुवाकोट घ्याङफेदी दुर्घटनाः मृतकको सङ्ख्या २० पुग्यो

नुवाकोट,२९ मंसिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।

अपडेटः मिनी ट्रक दुर्घटनामा १८ जनाको मृत्यु, तीन जनाको सनाखत

नुवाकोट,२९ मंसिर । दुप्चेश्वर गाउँपालिका १ घ्याङडाँडामा मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको स‌ंख्या १८ पुगेको छ । मृत्यु हुनेमा १५ पुरुष र ३ महिला