मौद्रिक नीति सार्वजनिक हुँदै

काठमाडौँ, २७ असार । आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ ।

नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

आगामी आवको बजेटले ८ प्रतिशतको महत्वकांक्षी आर्थिक वृद्धिदर एवं ६.५ प्रतिशतको मुद्रास्फ्रिति दर कायम गर्ने लक्ष्य राखेको छ । यी लक्ष्यलाई मौद्रिक नीतिले सम्बोधन गर्ने विश्वास लिइएको छ । रासस
 

 अमेरिकामा “भिडियो गेम”को व्यापार ४४ अर्ब डलर

  सान फ्रान्सिस्को । “फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब

 दोहा दु:ख- ३२ नेपाली अझै जेलमा,३० जनाको शव आयो

काठमाडौं । रोजगारीका लागि कतार पुगेका नेपालीमध्ये केही अझै त्यहाँको केन्द्रीय कारगारमा सजाय कटाईरहेका छन् भने विभिन्न कारणले ज्यान गुमाएका केहीको

नगरपालिकाले सम्पत्ति कर घटाएपछि नगरवासी खुशी

बेनी,८ माघ । म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकाले यसअघि निर्धारण गरेको एकीकृत सम्पत्ति करको दर घटाएको छ । नगरवासीको चौतर्फी विरोधपछि

डेपुटी गभर्नरले तीन वर्षसम्म बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर र कार्यकारी निर्देशकले आफ्नो पदबाट हटेको वा अवकाश पाएको तीन वर्षसम्म कुनै पनि बैंक तथा वित्तीय