पाल्पामा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान


 

रामपुर, पाल्पा, २७ असार । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् ।

जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको शुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन शुरु गरेको हो ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले शैक्षिक बेरोजगारी हटाउन युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गरिएको बताएका छन् । “गाउँमा पनि धेरै युवा शैक्षिक बेरोजगार छन्, केही विदेशमा श्रम गरिरहेका छन्, अब गाउँमै स्वरोजगारीतामार्फत रोजगारी सञ्चालन गरुन् भनेर कार्यक्रम शुरु गरेका हौँ” बस्यालले भन्छन् ।

युवा लक्षित युवा स्वरोजगार (कृषि विकास, पशु सेवा) कार्यक्रम सञ्चालनका लागि चालू वर्षमा विनियोजित रकम रु सात लाखबाट ऋण उपलब्ध गराइएको हो । युवा समूहका अगुवा प्रेमबहादुर बगालेको समाजशास्त्र स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र धितो राखेर समूहका सदस्यलाई रु चार लाख रकम उपलब्ध गराइएको छ ।

बगनासकाली युवा कृषक समूह वडा २ र ३ लाई कृषि तथा पशुपालनका लागि रु चार लाख ऋण प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । बगनासकाली–२ का युवा समूहका भगवान गैरे र दुर्गा पाण्डेले लेयर्स कुखुरापालनका लागि रु एक लाख ऋण लिएका छन् । सोही स्थानका सचिना अधिकारी र अमृता पाण्डेले स्थायी प्लाष्टिक घर निर्माण गरी तरकारी तथा माछापालनका लागि रु एक लाख ऋण पाएका छन् ।

यस्तै बगनासकाली–९ का हरिप्रसाद बस्याललाई बाख्रापालनका लागि रु एक लाख ऋण गाउँपालिकाले उपलब्ध गराएको छ । बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालले गाउँमा शैक्षिक बेरोजगार रहेका युवाबाट उद्यम सञ्चालन हुने गरी ऋण प्रदान गरिएको बताएका छन् ।

गाउँपालिकाले दिएको ऋणबाट तीन महिनाभित्र काम शुरु हुनुपर्ने छ भने दुई वर्षसम्म ब्याज तिर्नु पर्दैन । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाएपछि यहाँका युवा हर्षित भएका छन् । रासस

 

सर्वसाधरण कुट्ने प्रहरी निलम्बीत

गलकोट, १० माघ । सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ

सरकारलाई आवासीय चिकित्सक संघको अल्टिमेटम, शुक्रबारदेखि स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी

काठमाडौ,१० माघ । आवासीय चिकित्सक संघले आज बेलुकीसम्ममा डाक्टर गोविन्द केसीका माग पूरा नगरे शुक्रबारदेखि स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका

काठमाडौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा बाक्लो हुस्सु,मौसम सफा हुन अझै २ दिन लाग्ने

काठमाडौ,१० माघ । बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । बुधबार काठमाडौँसहित देशका अधिकांश

आजदेखि शहीद सप्ताह सुरु

काठमाडौ,१० माघ । आजदेखि शहीद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने