एकै पटक धेरै काम गर्दा दिमागले प्रोसेस गर्न सक्दैन

भागदौडपूर्ण जीवनमा हरेक मानिससँग समयको अभाव छ । समयको अभाव देखाउँदै मानिसले एक पटक धेरै काम गर्न खोज्छ । तर अध्ययनले यस्तो गर्नु नोक्सानीपूर्ण हुने तथ्य देखाएको छ । 
एउटा व्यक्तिले एकैपटक कुनै मिटिङमा सहभागीता जनाइरहेको हुन्छ, एकातर्फ आफ्नो प्रस्तुती कसरी गर्ने भनेर त्यसको जाँच वा अध्ययन गरिरहेको हुन्छ, अर्काे तर्फ इमेल चेक गरिरहेको हुन्छ भने साथ साथै मोबाइलमा म्यासेज तथा फोन पनि गरिरहेको हुन्छ । यसले गर्दा मानिसले आफ्नो मुख्य काम अर्थात कार्यक्रममा जुन विषयमा प्रस्तुती गर्ने हो त्यसमा आफ्नो ध्यान केन्द्रित गर्न सकिरहेको हुँदैन् । 
इसको कारण हो मानिसको दिमागले एकै पटक धेरै विषयलाई बुझ्न सकिरहेको हुँदैन । दिमागले यसलाई प्रोसेस गर्न सक्दैन् । अध्ययन भन्छ, एकै पटक दुई काम गर्दा ३० प्रतिशत बढी समय लाग्छ । यदी त्यही काम पटक पटक गरेर पुरा गरेमा छोटो अवधिमै पुरा गर्न सकिन्छ ।
कहिलेकाहीँ खाना बनाउँदा मोबाइल चलाईरहेका व्यक्तिले झुक्किएर मोबाइलाई नै डाडुको रुपमा प्रयोग गर्छन् वा खाना डढेको समेत पत्तो पाउँदैनन् । यसले दुर्घटना समेत निम्त्याउने गरेको छ । यदी एउटा काम गर्दा अर्काे काममा ध्यान नदिएमा यस्तो गल्ती हुने सम्भावना न्युन हुने अध्ययनले देखाउँछ । 
पछिल्लो समय विज्ञान प्रविधिलाई प्रयोग गर्दै मानिसहरुले कार्यालयमा आफ्नो ३० प्रतिशत समय इमेल, वा म्यासेज पठाउने र पढ्नेमा खर्च गर्छन् । अध्ययन भन्छन, इमले र म्यासेस गर्नुको सट्टामा सिधै फोन गर्दा समयको पनि बचत हुन्छ र आफूले भन्न खोजेको कुरा पनि प्रष्टसँग राख्न सकिन्छ । 
जब मानिसले एकै पटक धेरै काम गरिरहेको हुन्छ, त्यतीबेला आफूले गरिरहेको कुन काम बढी आवश्यक हो भन्ने कुरा पनि छुट्याउन सकिरहेको हुँदैन् । 
अध्ययन भन्छ, बिहान उठ्न बित्तिकै दश मिनेटसम्म कुनै काम नगरी सोँच बिचार मात्र गर्नुपर्छ । 
यदी घरभित्र कुनै समस्या हुन्छ भने बाहिर गएर पनि १० मिनेट शान्तसँग बस्न सकिन्छ । १० मिनेको अवधिमा उक्त दिन वा एक हप्ता भित्र के कस्ता काम गर्ने वा कस्ता एजेन्डा तय गर्ने भन्ने बारेमा सोच्नुपर्छ । कहिलेकाहीँ समय बचाउनका लागि केही नगरी शान्त रुपमा बसेर आफ्नो बारेमा वा प्रकृतिको बारेमा पनि सोच्न सकिने शोधकर्ताहरु बताउँछन् । यसले कुनै काम गर्दा दिमागले राम्रोसँग काम गर्ने शोधकर्ताको दाबी छ । एजेन्सीको सहयोगमा ।


 

मानिसको शरीर किन चिलाउँछ ? यस्तो छ वैज्ञानिक कारण

सम्भवत एउटा सामान्य अवस्थामा रहेको मानिसको शरीरको विभिन्न भागमा चिलाउनु सामान्य विषय हो । तर यो विषयमा निकै कम मानिसको मात्र ध्यान गएको पाइन्छ

मौसमी रुघाखोकी बढ्दो, यस्ता छन् बच्ने उपाय

  काठमाडौं, २ असोज । हरेक सिजनको परिवर्तनसँगै भित्रिने मौसमी रुघाखोकी अर्थात् भाइरलको प्रकोप हिजोआज देखिन थालेको छ । हाल नेपालमा वर्षायामको अन्त्य

नेपालमा असामयिक मृत्यु गराउने १० प्रमुख कारण

नेपालमा विगत एक दशकमा मुटुको धमनी साँघुरिएर अक्सिजन कम हुने समस्या, विभिन्न सरुवा रोग, आमा एवम् नवजात शिशुसम्बन्धी रोग र अन्य कारणबाट मानिसहरूको

तकिया र स्वास्थ्यको सम्बन्ध

काठमाडौं, १ जेठ । 'आफ्नै ओछ्यानमा सुतेको जस्तो अन्त सुतेको हुँदैन' भन्ने नेपाली उक्ती प्रचलित छ । धेरैले यसलाई डस्ना अथवा तन्नाको कारण त्यस्तो