डा. केसीको समर्थनमा जुम्ली महिला सडकमा

११ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागप्रति कठोर नबन्न जुम्ली महिलाले सरकारलाई सुझाब दिएका छन् । केसीको समर्थनमा मंगलबार र्‍याली निकालेका महिलाले जायज माग सम्बोधन गर्न माग गरेका छन् ।

आन्दोलनमा सहभागी रूपमा महतले केसीका माग नाजायज नभएको बताइन् । ‘आम नागरिक, गरिब र आर्थिक रूपमा कमजोर अभिभावकका छोराछोरीले निःशुल्क मेडिकल शिक्षा पढ्न पाउनुपर्छ भन्ने डाक्टर केसीको माग नाजायज होइन,’ उनले भनिन्, ‘केसीको माग गलत हो भने के हामीले छोराछोरीलाई मेडिकल शिक्षा पढाउन सपना नदेखे हुने भयो ?’

र्‍यालीकी अगुवा महिला सीता बुढाले राज्यको मनपरीका कारण आफूहरू विरोधमा उत्रिन बाध्य भएको बताइन् । ‘डा. केसी प्रतिष्ठानमा छट्पटिइरहेका छन्, ११ दिनसम्म राज्यले कुनै चासो नदेखाएकाले दबाब दिन हामी आन्दोलनमा उत्रिनुपरेको हो,’ बुढाले भनिन् । नयाँ पत्रिकाबाट ।

द्वन्द्वका दोषीलाई सजाय नहुने

सत्यनिरुपण विधेयक घटना स्वीकार गरे ज्यान मार्नेदेखि बलात्कारसम्ममा जेल जानु नपर्ने प्रस्ताव काठमाडौ,१० माघ । द्वन्द्वकालका मानव अधिकार उल्लंघन

मुख्यमन्त्री ‘अञ्चलाधीशभन्दा कमजोर’

‘मै मन्त्री छु, गृह प्रशासनको जिम्मेवारी मैसँग छ । मैले त सरकारमा भएको अनुभूति गर्न सकेको छुइनँ’– हरिबहादुर चुमान गण्डकी प्रदेश ‘केन्द्रले

मौसमी फ्लुको सङ्क्रमण बढ्दै 

काठमाडौ,१० माघ । पछिल्लो समय अस्पतालहरूमा मौसमी इन्फ्लुएन्जा बिरामी बढेका छन् । उपत्यकाका मुख्य अस्पताल शिक्षण, वीर, कान्ति, शुक्रराज ट्रपिकल, अल्का,

सरकारका प्रवक्ता एंव सञ्‍चारमन्त्रीविरुद्ध अवहेलना मुद्दा दायर

काठमाडौ,१० माघ । सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र नेपाल टेलिकमविरुद्ध मुद्दा दायर भएको छ ।