चलखेलमा अड्कियो धरहरा पुनर्निर्माण

२०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणका लागि थालिएको टेन्डर प्रक्रिया ठेकेदार कम्पनीको चलखेलमा अड्केको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माण कार्य अगाडि बढाउन मंगलबार टेन्डरको टुंगो लगाउने तयारी गरेको थियो । तर, ठेकेदारको चलखेलका कारण सात दिन म्याद थप गरिएपछि धरहरा पुनर्निर्माण पछाडि धकेलिएको हो।

‘आज (मंगलबार) ठेक्काको आर्थिक प्रस्ताव खोलेर धरहरा पुनर्निर्माणको टुंगो लगाउने तयारी गरेका थियौं,’ प्राधिकरण सांस्कृतिक सम्पदा पुनर्निर्माण शाखाका प्रमुख राजुमान मानन्धरले भने, ‘प्रधानमन्त्री कार्यालयबाट म्याद थप गर्नु भनेपछि रोकेका हौं ।’ उनका अनुसार ठेकेदार कम्पनीले फर्जी कागजपत्र पेस गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी प¥यो । सोही उजुरी छानबिनका लागि टेन्डर प्रक्रिया सात दिन स्थगित गरिएको हो । नागरिक दैनिकबाट ।

जिम्मेवारी बाँडफाँडसँगै नेकपामा चर्को असन्तुष्टि, कुन गुटबाट को परे ?

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बनेको चार महिना पछि बल्ल प्रदेश कमिटीले पूर्णता पाएको   छ । शुक्रबार

दरबन्दी नपाएका चारहजार कर्मचारी प्रदेश पठाउने सरकारको निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले दरबन्दीभित्र नपरेका चार हजार कर्मचारीलाई प्रदेश र स्थानीय तहमा पठाउने निर्णय गरेको छ। शुक्रबार राति बसेको

मधेशी दलको उल्टो बाटो यात्रा

 प्रदेश २ मा सरकार बनाएका दुई दल संघीय समाजवादी फोरम र राजपा नेपालले संविधान दिवस मनाएनन् । समाजवादी फोरम संघीय सरकारमा पनि सहभागी छ । राजपाले संघीय

प्रदेश कमिटीमा पूर्वएमाले हावी, मापदण्ड मिचेर कमिटी तय

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रदेशका २८ पदाधिकारी शुक्रबार टुंगो लागेको छ । पार्टीको मापदण्ड मिचेर नेताहरूले भागबन्डा गरेका छन्