प्रधानमन्त्री ओली र बिच्छीको कथा

कुराको आरम्भ एउटा जातक कथाबाट गरौँ। एउटा बिच्छी ब्याकूल थियो। जन्मजात दंशी उसलाई बर्षाको भेलले नदीको बहावमा आएको तीब्रताले चिन्तित तुल्याएको थियो। बिच्छीहरु पौडिन जान्दैनन्। तर डस्नु उनीहरुको मौलिक अनि बंशाणुगत गुण, स्वभाव वा चरित्र जे भन्दा पनि हुन्छ। 
कथा गजबको छ। बिच्छीको एउटा अभिन्न मित्र पनि थियो, भ्यागुतो। भ्यागुतो पानीको प्रखर परिचारक हो। 

चिन्तित बिच्छीको मुखमा पुगेर भ्यागुतोले भन्यो, ‘के को चिन्ता? तँ मेरो पिठ्यूँमा राम्ररी समाएस, नदि त म पार गरिदिन्छु नि।’  बिच्छी भ्यागुताको ढाडमा सवार भयो। उसले बिच्छीलाई नदि पार गरायो। बिच्छी तटमा उत्रिन पाएको के थिएन, उसले भ्यागुतोलाई एक दंश दियो। बीषको असरले मुटु फुट्न आँटेको भ्यागुतोले सोध्यो, ‘किन गरेको मलाई यस्तो? मैले त तँलाई सहयोग गरेको थिएँ साथी।’ बिच्छी त्यसपछि भन्छ,‘सहयोग गर्दा साथी चिनेर गर्नु। मेरो चरित्र नै घाती छ भन्ने कुरा नबुझ्नु तेरो मुर्खता हो।’

कथामा नीहित नैतिक शिक्षाका बारेमा यो लेखकले पाठकलाई सत्संग दिनु आवश्यक छैन। तर कथा टुङ्गिएको पनि छैन। 

त्यहि बिच्छी फेरि एकपटक नदीमा डुब्न लागेको थियो। एकजना सन्त त्यतिनै बेला नदीमा नुहाएर सूर्यलाई नमस्कार गर्दैथिए। आफ्नो अञ्जुलीले पानी उठाउँदा उनले बिच्छी देखे। उनले बिच्छीलाई सुरक्षित तरिकाले किनारा लगाए। अनि आफ्नो पूजा अर्चना गर्न थाले। बिच्छी फेरि आयो। उनले फेरि त्यो दुष्ट जीवलाई जोगाए। तर यसपटक सन्तको हातमा बिच्छीले एउटा डंक हान्यो र बिच्छी अलप भयो। 

सन्त मुर्छित भए। उनका शिष्यहरू सन्तले आखिरी स्वास लिनेबेलामा आईपुगे। धर्मराउँदो स्वासका बीच उनले भने, ‘बिच्छीले जे गर्नुथियो, त्यो उसले गर्यो ,मैले जे गर्नु थियो त्यो मैले गरें। यो बिच्छीको दोष होईन, त्यो उसको चरित्र थियो। दोष मेरो हो, उसलाई जोगाउनु मेरो संस्कार थियो।’

यो के हो? 

दुःख मान्ने कुरा छ, हिंसात्मक द्वन्दमा यो देशमा १७ हजार मान्छेले ज्यान गुमाएका छन्। त्यो त भयो भयो, आफ्नो ठाउँमा छ। अब अझ ३० हजारले ज्यान गुमाउनेवाला छन्। यही गरिबी राख्नुहुन्छ, हुनेखानेलाई पोस्नु हुन्छ, यसरी नै हुनेखाने तस्करहरुको नाइके बन्नुहुन्छ र तिनलाई नै पक्षपोषण गर्नुहुन्छ भने अर्को ३० हजार मान्छे मर्छन्।

सत्तामा हुनेहरुलाई बन्दुकले जोगाएको छ। सेनाले जोगाएको छ, प्रहरीले जोगाएको छ। तर, गरीब, शोषक सामन्तीका नाममा एकछाक भात खान पाउने मारिएको हो भने आज खै त परिर्वतन ? जनताले के पाए ? केही भएन। काग कराउँदैछ, पिना सुक्दैछ भनेजस्तै भयो। मलाई लागेको थिएन यस्तो होला भन्ने।

पूर्व प्रधान न्याधीश सुशीला कार्कीले बोलेका यी कुराले अब प्रधानमन्त्री केपी ओलीलाई छुनेछैन। ओली शायद सोच्छन्, अबको पाँच बर्ष उनको अकन्टक साम्राज्य हो। गलत। भारत र चीनले उनलाई पुल्पुल्याएको भ्रम पाल्न उनी स्वतन्त्र छन्। तर यी दुवै मुलुकले मैलो जुत्ता लगाएर उनको मगज प्रदुषित गर्ने अभिप्रायमा उनी सचेत छैनन्। त्यसैले उनी आफ्नो मुलुकबासीलाई दुई तिहाईको दम्भ दिँदैछन्। 

तर डाक्टर गोविन्द केसी बिच्छीलाई हातमा बोकेर बचाउने एक सन्त हुन्। केपी ओली जनताका दावादारी गर्दागर्दैपनि मार्सी चामलको भात खान गएका हुन्। यी मार्सी चामलका मालिक गोविन्द केसीले चलाएको सत्याग्रह बिरोधी व्यापारिक ‘माफिया’ हन्, जो बामपन्थी सिद्धान्तलाई लाल पुँजीवादी अर्थशास्त्रमा अनुवाद गर्न खोज्दैछन्। 

उनका सहयात्री, सह अध्यक्ष पुष्पकमल दाहालको पातलिंदै गएको शक्तिलाई ओली आज आफ्नो अनुकुल प्रयोग गर्न सक्छन्। भोली यसले बिष्फोटक रुप लिनेछ। ओली र प्रचण्डको स्वपनदृष्टि स्पस्ट छैन। समृध्दिको नाममा आज को मोटाएको  छ? पुष्पकमल दाहाल आफ्नी छोरीहरुका लागि  करोडौंको घर किन्ने हैसियतमा कसरी पुगे? सरकारले यसबारेमा जनतालाई जानकारी दिने कि संस्कृत विश्वविद्यालयका उपकूलपतिलाई विमानस्थलबाट अपराधी झैं फर्काएर आफ्नो सत्ताको आभास दिने?

स्टालीन आफ्नो सभामा आधा घन्टासम्म गीत गाउँथे। ओली उखान टुक्का सुनाउँछन्। अन्तर्य एउटै हो। ओलीको जगजगी कायम रहला। 
बामपन्थीहरु जन्मजात बिच्छी हुन्। यिनीहरु मौकामा आफ्नैलाई पनि दनक दिन्छन्। बामदेव गौतमको हविगत अहिले के छ? उनले ओलीलाई पार्टी प्रमुख बनाउन माधव नेपाललाई धोका दिएको होईन र?

आज बामदेव भन्दा माधव र ओली नजीक छन्। बुझ्नेलाई आगामी चुनावमा टिकट पक्का।  

स्टालीनको मृत्यु पछि सर्वोच्च पदमा पुगेका नीकिता ख्रुस्चेव स्टालीनको आलोचना गर्दैथिए। ‘उनले यो गर्नु पर्ने थियो, त्यो गर्नुपर्ने थियो। उनले गरेनन्। यसको मूल्य अब हामीले चुकाउनुपर्नेछ।’ आदि ईत्यादि। बीचैमा भीडबाट एउटा कार्यकर्ता बोल्यो,‘त्यतिबेला तपाईं चैं के हेरेर बस्नु भएको थियो कमरेड?’

नीकिता ख्रुस्चेव गर्जिए,‘को हो त्यो बोल्ने? मेरो सामुन्ने आईज, मैले तँलाई जानेको छु, के गर्नुपर्छ।’ कार्यकर्ताको भीडमा शून्यता छायो। कोही अघि सरेन । अनि ख्रुस्चेवले बिस्तारै भने,‘हेर्नुस्, कमरेड, मेरो पनि त्यो बेलाको अवस्था तपाईं डराएको जस्तै थियो।’

आफ्नो अवस्था के छ प्रधानमन्त्री ओली? तिमी कोसँग डराएका छौ? भारत? चीन? वा आफ्नै कार्यकर्ता कमरेड? वा नेपाली जनता?
भारत देखाएर चुनाव जित्नु सजिलो छ। भारत रिझाएर सत्ता टिकाउन गाह्रो।  https://np.psjtv.com    

राजा महेन्द्रले ह्वीस्कीको ग्लास फुटाउँदै गिरिजालाई धम्क्याउँदा

भाषा अंग्रेजी ! तर भाष्य के हो कमरेड ओली ?  प्रधानमन्त्री कमरेड केपी ओली अमेरिका आईपुगे। उनले संयुक्त राष्ट्र संघको बार्षिक ज्याम्बोरीमा अंग्रेजी

भारतलाई अहिलेको दुई झट्का र नाकावन्दी

अहिले भारतलाई नेपालबाट ठूलो झट्का लागेको छ भनेर भारतमा रुवावासी छ । यो झट्का त्यसै लागेको होइन । यस्तो झट्का खान भारत आफैंले पृष्ठभूमि निर्माण गरेको

सरकारलाई कमजोर र जनतालाई असन्तुष्ट बनाउने आईएनजीओ रणनीति

अचेल ‘महिलावादी’हरु निक्कै सक्रिय छन् । महिलावादका अगुवा अधिकांशको असली ‘वाद’ एनजीओवाद हो । लोकतन्त्रवादीहरुलाई पनि एनजीओवादीहरुले नेतृत्व

सँधै नकारात्मक किन सोच्ने ?

नेपाल दुई ठूला देशको बीचमा रहेको आकारका हिसाबले सानो देशभित्र पर्दछ । नेपालको ईतिहास विज्ञहरुको रायलाई आधार मान्ने हो भने बि।सं ३३०० वर्ष अगाडिबाट,