फेरि कांग्रेस छाड्ने तयारीमा गच्छदार

काठमाडौं,२६ असार । सभापति शेरबहादुर देउवाले पूर्व सहमति कार्यान्वयन गर्न नियतवश ढिलाई गरेको निष्कर्षमा पुगेका कांग्रेस संसदीय दलका उपनेता बिजयकुमार गच्छदार फेरि माउ पार्टी छोड्ने मनस्थितिमा पुगेका छन् ।

प्रजातन्त्र पुनस्र्थापनापछि कहिल्यै पनि सत्ताबाहिर नबसेका गच्छदार अहिले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा महत्वपूर्ण पदमा छन् तर राज्यको सुविधा बाहिर । संसदीय निर्वाचनको पूर्व सन्ध्यामा माउपार्टी कांग्रेस पसेका गच्छदारले निर्वाचनमा कांग्रेसलाई लाभभन्दा हानी बढी पुर्याएको निष्कर्ष निकाल्नेहरु पनि छन् कांग्रेसका मोरंग र सुनसरी संगठनमा । 

अहिले गच्छदारको कांग्रेस छोड्ने बिचार त्यहाँ भागबन्डा नमिलेकोमा भन्दा पनि सत्ताबाहिर बस्नुपरेको छटपटी भएको मोरंग कांग्रेसका एक पूर्व पदाधिकारीले सरल पत्रिकालाई बताए।

यता संसदमा प्रतिपक्षको भूमिका कमजोर भएको गुनासो आइरहेको बेला कांग्रेसका शीर्ष नेताहरु बैठक बसी सत्तापक्ष विरुद्ध आन्तरिक रुपमा एकढिक्का हुनुपर्ने निष्कर्ष निकालिरहेका बेला आएको गच्छदारको गुनासोलाई कांग्रेस नेताले अर्थपूर्ण रुपमा लिएको एक केन्द्रीय सदस्यले बताए। 
मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) को नेतृत्व गरेका गच्छदारले चुनावअघि आफूसहित उनको पार्टी कांग्रेसमा विलय गराएका थिए । उनले सभापति शेरवहादुर देउवाले एकता अघि भएको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाइरहेका छन्।

आफूलाई उचित जिम्मेवारी नदिएको भन्दै गच्छदारले देशभरका कार्यकर्ता भेला गरी एकता भङ्ग चेतावनी दिँदै सभापति देउवा माथि राजनीतिक दबाब बढाइरहेको देखिन्छ । देउवाले एकता गर्दा गच्छदारलाई उपसभापति र उनको दलका केही शीर्ष नेतालाई केन्द्रिय सदस्यमा मनोनित गर्ने वचन दिएका थिए भन्ने गच्छदारको तर्क छ । साथै फोरमका अगुवा कार्यकर्तालाई पनि योग्यता अनुसारको उचित जिम्मेवारी दिने सम्झौता भएकोमा देउवाले वास्ता नगरेकाले एकता भङ्ग गर्ने वाध्यता आईपरेको गच्छदारले कांग्रेसकै केही वरिष्ठ नेताहरुसँग गुनासो गरिरहेको थाहा भएको छ । 

‘अति कम विकसित मुलुकका लागि कानूनमा आधारित व्यापार प्रणाली आवश्यक’ःप्रधानमन्त्री

डाभोस,१० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालजस्ता अतिकम विकासित तथा भूपरिवेष्ठित मुलुकको चासो र अभिरुचि प्रवद्र्धन र संरक्षण गर्न बहुलवादिता

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,के–के छन् एजेण्डा ?

काठमाडौ,१० माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय ललितपुर सानेपामा बिहान ११ बजे

 डाभोसको माइनस १० डिग्रीको चिसोमा के गर्दैछन् प्रधानमन्त्री ओली

डाभोस, (स्वीटजरल्याण्ड) । विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थ्विद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक

भैरहवाबाट हवाई प्रवेश बिन्दु दिन भारत सहमत

काठमाडौ,९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकालागि हवाई प्रवेश बिन्दु दिन