वर्षायाममा आइ ड्रपः खतरनाक हुनसक्छ

  वर्षाको समयमा आँखा सम्बन्धी विभिन्न किसिमका इन्फेक्सन ‘कन्जंटिभिटिज’को समस्या हुने गर्छन् । यस्तो समस्याबाट मुक्त हुन आइ ड्रप व्यापक प्रयोग गरिन्छ । तर यसको अत्यधिक प्रयोगले स्वास्थका लागि हानिकार हुने एक अध्ययनले देखाएको छ । 

इन्टरनेशनल जर्नल अफ अप्थलमोलजीमा प्रकाशित सोधका अनुसार करीब ६० प्रतिशत ‘कन्जंटिभिटिज’ इन्फेक्शन भाइरसको कारणले हुनेगर्छ । यसको उपचारमा एन्टिवायोटिकको कुनै भूमिका हुँदैन । ‘कन्जंटिभिटिज’ एउटा यस्तो परिस्थिति हो जसमा कन्जक्टिवा (आँखाको अगाडिको सतहमा पाइने निकै सानो झिल्ली) पोल्ने तथा आँखा रातो हुने गर्छ । यसले आँखाले खाफैलाई लिमिट गरिदिन्छ । मनसुनको सिजनमा चिसोपन हुने भएकाले  ‘कन्जंटिभिटिज’ हुनु सामान्य हो । चिसो समयमा ब्याक्ट्रिया र भाइरसको विकासमा सहयोग पुग्छ । 

पहिले–पहिले आँखामा अन्य इन्फेक्सन नहोस भनेर विरामीलाई ऐन्टिबायोटिक सिफारिस गरिन्थ्यिो । यसको अत्यधिक प्रयोगले आँखाको सतहमा असर पु¥याउने भएकाले यसको कम प्रयोगका लागि सतर्कता गराइएको आँखा विज्ञहरु बताउँछन् ।  पश्चिमा मुलुकको तुलनामा दक्षिण एशियाली मुलुकमा ‘कन्जंटिभिटिज’को समयस्या बढी देखिने गरेको छ । सेन्टर फर साइटका प्रमुख डा. महिपाल सचदेवका अनुसार कैयौ पटक ‘कन्जंटिभिटिज’बाट बच्नका लागि पनि ऐन्टिबायोटिक्स सिफारिस गर्ने गरिन्छ ।

ब्याक्ट्रियल इन्फेक्शनका कारण हुने ‘कन्जंटिभिटिज’ हुने सम्भावना निकै कम हुने उनको भनाई छ । अधिकांस अवस्थामा भाइरस नै ‘कन्जंटिभिटिज’ को कारण हुने उनको दाबी छ । ‘कन्जंटिभिटिज’को कारण ब्याक्ट्रिया हो या भाइरस भनेर जाच्न सम्भव नहुने भएपनि भाइरसबाट हुने समस्या एक सातामा आफै निको हुने चिकित्सकहरु बताउँछन् । तर ब्याक्ट्रियामार्फत हुने समस्या भने कर्नियासम्म पुग्ने र यसले दिर्घकालसम्म पनि आँखालाई असर पु¥याउने विज्ञहरु बताउँछन् । 


 

मानिसको शरीर किन चिलाउँछ ? यस्तो छ वैज्ञानिक कारण

सम्भवत एउटा सामान्य अवस्थामा रहेको मानिसको शरीरको विभिन्न भागमा चिलाउनु सामान्य विषय हो । तर यो विषयमा निकै कम मानिसको मात्र ध्यान गएको पाइन्छ

मौसमी रुघाखोकी बढ्दो, यस्ता छन् बच्ने उपाय

  काठमाडौं, २ असोज । हरेक सिजनको परिवर्तनसँगै भित्रिने मौसमी रुघाखोकी अर्थात् भाइरलको प्रकोप हिजोआज देखिन थालेको छ । हाल नेपालमा वर्षायामको अन्त्य

नेपालमा असामयिक मृत्यु गराउने १० प्रमुख कारण

नेपालमा विगत एक दशकमा मुटुको धमनी साँघुरिएर अक्सिजन कम हुने समस्या, विभिन्न सरुवा रोग, आमा एवम् नवजात शिशुसम्बन्धी रोग र अन्य कारणबाट मानिसहरूको

तकिया र स्वास्थ्यको सम्बन्ध

काठमाडौं, १ जेठ । 'आफ्नै ओछ्यानमा सुतेको जस्तो अन्त सुतेको हुँदैन' भन्ने नेपाली उक्ती प्रचलित छ । धेरैले यसलाई डस्ना अथवा तन्नाको कारण त्यस्तो