यसकारण निरस भयो इंग्ल्याण्डको विजय उत्सव

काठमाडौं, २५ असार । विश्वकप २०१८ को क्वार्टरफाइनलमा स्विडेनलाई २–० गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनल पुगेपछि इंग्ल्याण्डका समर्थक खुशी गद्गद् भइ भव्य खुशी मनाएका थिए ।

फुटबलको लागि मरिहत्ते गर्ने यि मानिसहरुले आफ्नो देशले पाएको सफलताले खुशी भइ महोत्सवको रुपमा उक्त जितको खुशी मनाउनु स्वभाविक पनि हो ।

तर समर्थकहरुका अनुसार केहि ‘दिमाग नभएका मुर्ख’ हरुले गाडीहरु र सम्पत्तीमा क्षति पु¥याउँदै खुशी मनाएपछि उक्त माहोल निरस भएको बताएका छन् ।

ति ‘मुर्ख’ हरुले लण्डनमा एम्बुलेन्स माथी उफ्रि–उफ्रि नाचे भने नटिङह्याममा एउटा ट्याक्सीको त्यस्तै हविगत भयो । उक्त दिन प्रहरीकोमा यस्तै घटनाको ९ सय ९९ वटा उजुरी पनि परेको छ ।  

त्यस्तै खुशी मनाउने बहानामा जथाभावी रुपमा भौतिक क्षति पु¥याउने समुहको निशानामा फर्निचरको कारोबार गर्ने इकियाको स्टोर पनि परेको छ । ‘हाम्रो स्टोरमा एउटा सानो समुह खेलको नतिजाले खुशी मनाइरहेका छन् भनेर हामी शतर्क थियौं ’ इकिया कम्पनीले ट्वीट गर्दै भनेको छ , ‘हामी स्विडिस र ब्रिटिश दुबै भएकाले खेल अवधिभर हामी आफ्नो सिटको छेउमा बसेका थियौं र हामी ‘बधाई’ भन्न चाहन्छौं । ’

त्यस्तै लण्डन एम्बुलेन्स सेवाले एउटा एम्बुलेन्स मर्मत गर्नु पर्ने गरी फ्यानको जथ्थाले बिगारेको बताएको छ । उक्त घटनापछि मिलवाल्स समर्थकहरुले एउटा क्राउडफन्डीङ पेज मार्फत् सो एम्बुलेन्सको मर्मतको लागि १ हजार पाउन्ड संकलन गरेको छ ।

अर्को एक घटनामा ५ वर्षिय बालिकाको खेल्ने स्कुटरलाई एउटा कारले पेल्दै गुडेको घटनामा केन्ट प्रहरीले अनुसन्धान गरि रहेको छ । उक्त घटनामा बालिका घाइते नभएपनि प्रहरीले गाडी चलाउने ड्राइभर पत्ता लगाउन अनुसन्धान गरिरहेको छ ।

जथाभावी रुपमा खुशी मनाउने क्रममा एक व्यक्ति अर्धनग्न भइ सडक बत्ती राख्ने पोलमा चढेका छन् । पोलमा चढ्ने क्रममा भिडले उनलाई उक्साएका थिए ।

सोही क्रममा प्रहरीले यस्तै प्रकृतिका घटनाहरुको उजुरीको क्रममा लान्काशायर र वेष्ट मिडल्यान्ड्समा २४ घण्टाको अवधिमा ९ सय ९९ कल उजुरी दर्ता भएको जनाएको छ । प्रहरीले न्यु इयर इभको बेलामा भन्दा दुई गुणा प्रहरी परिचालन गरेको भएपनि यस्तो घटना नियन्त्रणमा कमि आउन नसकेको बताएको छ ।

त्यस्तै हुलका हुल फुटबल समर्थकहरु बाटोमा हिड्ने, नाच्ने गर्दै सडक जाम पारी ट्राफीक व्यवस्थापनलाई अवरुद्ध पारेका थिए । समर्थकहरु कारमाथी त्यसरी उफ्रेको फोटोले सामाजिक सञ्जालमा कडा प्रतिक्रिया पाएको थियो । धेरैले यस्ता अपराधीको पहिचान गर्नुपर्ने बताएका थिए ।

यस्तै नरफोकमा प्रहरीले फुटबलको खुशी मनाएकाहरुलाई कुनै कारबाही नगरिएको जानकारी दिएको छ । चिफ सुपरिटेन्डेन्ट डेभ मार्शलका अनुसार उक्त क्षेत्रमा न्युन रुपमा मात्र अनुशासन भंग भएको र उक्त उच्च खेल भावनाको लागि फुटबल फ्यानलाई धन्यवाद पनि दिएका छन् । उनि भन्छन्, ‘यो इंग्ल्याण्डको फ्यानको लागि खुशीको समय हो ।’

करिब २ करोड बेलायतीले हेरेको यो खेलमा जितेसँगै धेरैजसो इंग्ल्याण्डका समर्थक खुशी मदमस्त भएका थिए । (एजेन्सीको सहयोगमा)

 

जितका बावजुद नेमारको चोटका कारण पीएसजी तनावमा

एजेन्सी । जारी फ्रेन्च कपमा स्टार्सवर्गमाथी पेरिस–सेन्ट जर्मेन (पीएसजी) ले २–० गोल अन्तरको जित दर्ता गरेको छ । जितका बावजुद स्टार खेलाडी नेमार

आजदेखि एसियन कप फुटबलको क्वाटरफाइनलका खेल सुरु, पहिलो खेलमा भियतनाम र जापान भिड्दै

काठमाडौ,१० माघ । यूएईमा जारी एसियन कप फुटबलमा आजदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । क्वाटरफाइनलको पहिलो खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे

क्रिकेट स्टारहरु पारस, ज्ञानेन्द्र र शरद रुस्लानको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रीय व्राण्ड रुस्लानले क्रिकेट स्टारहरु पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेष्वाकरलाई आफ्नो ब्राण्ड एम्बेसडर

रोनाल्डोलाई २३ महिनाको जेल सजाय...

काठमाडौ,९ माघ । पोर्चुगिज तथा युभेन्टस्का फुटबल स्टार क्रिष्टियानो रोनाल्डो करछलीमा दोषी ठहरिएका छन् । करछलिको आरोपमा पोर्चुगिज फुटबल स्टार