गंगामायाका छोराको हत्यामा संलग्न छविलाल अदालतमा उपस्थित, डिल्लीबजार कारागार चलान

काठमाडौँ, २४ असार । सर्वोच्च अदालतको आदेशको पालना गर्दै गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा दोषी ठहरिएका छविलाल पौडेल आज आफैँ अदालतमा उपस्थित भएका छन् । 

सर्वोच्च अदालतमा उपस्थित भएपछि अदालतले आजै पौडेललाई डिल्लीबजार कारागार चलान गरेको छ । द्वन्द्वकालमा चितवनको रत्रमा मामाघर जाने क्रममा २०६१ जेठ २४ गते कृष्णप्रसादको हत्या भएको थियो । हत्याको दोषी पौडेल ठहर भएका थिए । 

आफ्ना छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै आमा गंगामाया अधिकारी लामो समयदेखि पटकपटक आमरण अनशनमा बस्दै आएका छ भने बाबु नन्दप्रसाद अधिकारीले अनशनका क्रममा २०७१ असोज ६ मा मृत्यु भएको थियो । 

विसं २०७२ पुस ६ गते तत्कालीन पुनरावेदन अदालत हेटाँैडाले पौडेललाई धरौटीमा छाड्ने आदेश गरेको थियो भने सोही मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो । सर्वोच्च अदालतले २०७२ पुस ६ गते पौडेललाई दोषी ठहर गरी थुनामा राख्ने फैसला सुनाएको थियो । 

फैसला भएको तीन वर्षपछि ६८ वर्षीय पौडेल आज आफैंआत्मसर्मण गर्दै अदालतमा उपस्थित भएका हुन् ।रासस 

कोटेश्वर–जडीबुटी सडकमा तिहारअघि बेलिब्रिज बन्ने 

काठमाडौं । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहारअघि नै

प्रहरीकै पोलिग्राफ टेष्ट सुरु, भेटिएला त हत्यारा बारे तथ्य ?

काठमाडौं, ८ साउन । कञ्चनपुर भीमदत्तनगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको प्रारम्भीक अनुसन्धानमा संलग्न प्रहरीले

अवरुद्ध रहेको बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी, ८ असोज । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक दश दिनपछि सञ्चालनमा आएको छ । म्याग्दी र

श्रम शोषण गर्दै चप्पल उद्योग

विराटनगर, ८ असोज । मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय