ब्रजिललाई २–१ गोलले स्तब्ध पार्दै बेल्जियम सेमिफाइनलमा

 

काठमाडौं, २३ असार । रुसमा जारी फिफा विश्वकप २०१८ फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार राती भएको खेलमा पाँच पटकको विश्व विजेता ब्राजिललाई हराउँदै बेल्जियम अन्तिम चारमा प्रवेश गरेको छ ।  बेल्जियमले खेलको पहिलो हाफसम्म २–० गोलले अग्रता लिइरहेको थियो ।

प्रतिस्पर्धात्मक रहेको पहिलो हाफमा दुबै टोली आक्रामक रुपमा खेलेका थिए  । तथापी खेलको १३ औ मिनेटमा ब्रजिलले आत्मघाती गोल गर्दै खेलमा १ गोलले पछि परेको थियो । बेल्जियमका भिन्सेन्ट कोम्पनीले गरेको हेडर ब्रजिलका फर्नान्डीन्होको कुहिनामा लागि गोल भएपछि बेल्जियमले खेलमा अग्रता लिएको थियो ।

बल पोसेसन र आक्रमणमा ब्रजिल अगाडि भएपनि बेल्जियमे खेलको ३१ औं मिनेटमा पुनः गोल गरेको थियो । बेल्जियमका रोमेलु लुकाकुले दिएको पासमा केभिन डे ब्रुनिले गाृल गर्दै ब्रजिलले खेलमा २–० को अग्रता लिन सफल भयो । पहिलो हाफमा थप गोल हुन सकेन ।

दोश्रो हाफको सुरु देखि आक्राकम भएको ब्रजिलले गोल पोस्टमा निकै शटहरु प्रहार गरेपनि बेल्जियमको रक्षा पंक्ति बचाएको थियो । यस खेलमा नेमारको जादु नचलेपनि खेलको ७६ औं मिनेटमा ब्रजिलका खेलाडी फिलिप कोटिन्होको पासमा रेनाटो अगस्टोले बेल्जियमका विरुद्ध गोल गर्दै २–१ बनाएका थिए ।

खेलको अन्तिम समयसम्म पनि निकै प्रयास गर्दै कुल ९ वटा शट गोल पोष्टमा प्रहार गरेको ब्रजिलले अरु गोल थप्न नसक्दा बेल्जियमसँग पराजित भइ क्वार्टरफाइनलबाटै आउट भएको छ  । निकै प्रतिस्पर्धात्मक यस खेल जित्दै बेल्जियम सेमिफाइनल प्रवेश गरेको छ ।

बेल्जियमले सेमिफाइनलमा फ्रान्सको सामना गर्नु पर्नेछ भने अर्को दुई सेमिफाइनलको टोलीको टुंगो आज बेलकाको खेलबाट निर्धारण हुनेछ ।

 थ्रीस्टारको २५ सदस्यीय टोली, को को परे टिममा

काठमाडौं । थ्रीस्टार क्लबले यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि आज २५ खेलाडी सम्मिलित टोली घोषणा गरेको छ ।  अखिल नेपाल

 फिफा वरियतामा नेपाल एक स्थानमाथि

काठमाडौं । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।  विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल

सन्दीपलाई प्रबल जनसेवाश्री चौथो

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ ।  सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान प¥याएका

 पिपिएल टी–२० क्रिकेटको खेलाडी दर्ता शुरु भयो

काठमाडौं । आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने पोखरा प्रिमियर लिग पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता