सन्दीपको बलिङ फिगर ४–१–१६–१ सहित टाइगर्सको पहिलो जित



काठमाडौं, २० असार । क्यानडाको घरेलु लिग ग्लोबल टि–२० क्यानडामा सन्दीपले मन्ट्रीयल टाइगर्सको लागि खेल्दै शानदार बलिङ गरेका छन् । यो सँगै उनको टोलीले एडमन्डन रोयल्सलाई १५ रनले हराएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको मन्ट्रीयल टाइगर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २९ रन बनाएको छ । टाइगर्सका लागि मोइजेज हेन्रीकेले ४९ बलमा ५० रन बनाएका छन् । त्यस्तै नजिबुल्लाह जद्रान, सिकन्दर राजा र इब्राहिम खलिलले क्रमश २२, २० र १० रन बनाएका छन् ।

बलिङ तर्फ रोयल्सका वायेन पार्नेलले ३ विकेट लिएका छन् । त्यस्तै शोहेल तन्वीर, इर्फान खान र हसन खानले समान १–१ विकेट लिएका छन् ।

१३० रनको लक्ष्य पछ्याएको रोयल्सले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय १४ रन मात्र बनाउन सक्यो । रोयल्सको लागि लुक रोन्कीले सर्वाधिक ३० रन बनाएका छन् । त्यस्तै शइमान अनवर, केभिन ओब्रायन, हसन खान र आघा सल्मानले क्रमशः २४, १५, १२ र १० रन बनाएका छन् ।

बलिङ तर्फ टाइगर्सका पिटर सिडलले ४ विकेट लिएका छन् । त्यस्तै लासिथ मालिङ्गार केभोन कुपरले २÷२ र सुनिल नाराइन र सन्दीपले समान १ विकेट लिएका छन् ।

खेलको तेश्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले पुनः यस खेलमा पनि शानदार सुरुवात गरेका छन् । पहिलो ओभरमा कुनै रन नदिइ एन्ड्रयु फ्लेचरको विकेट लिएका सन्दीपले टाइगर्सलाई राम्रो सुरुवात दिलाएका थिए ।

त्यस्तै इनिङको पाँचौ ओभर बलिङ गरेको उनले ५ रन मात्र दिएका थिए । नवौं ओभरमा बलिङ गर्ने क्रममा उनले ७ रन दिएपनि १२ औं ओभरमा ४ रनमात्र दिएका थिए । थप विकेट लिन नसकेपनि उनको स्पीन र गुगली खेल्न ब्याटसम्यानलाई हम्मे हम्मे परेको थियो ।

उनले बलिङ गरेको २४ बलमा १४ बलमा कुनै रन बनेन । ४ ओभरमा १६ रन दिंदै एक विकेट लिएका सन्दीपको यो बलिङ फिगर टि–२० खेलको लागि उत्कृष्ट हो । नियमित टोलीमा परिरहेका सन्दीपको व्यक्तिगत प्रदर्शन यस प्रतियोगितामा राम्रो भइरहेको छ । पहिलो खेलमा फितलो बलिङ गरेपनि पछिल्लो २ खेलमा उनले शानदार बलिङ गरेका छन् ।

यो सँगै लगातार ३ खेल हरेर प्रतियोगितामा पहिलो जित हात पारेको मन्ट्रीयल टाइगर्सको फाइनल पुग्ने सम्भावना जिवित रहेको छ ।

 

 थ्रीस्टारको २५ सदस्यीय टोली, को को परे टिममा

काठमाडौं । थ्रीस्टार क्लबले यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि आज २५ खेलाडी सम्मिलित टोली घोषणा गरेको छ ।  अखिल नेपाल

 फिफा वरियतामा नेपाल एक स्थानमाथि

काठमाडौं । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।  विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल

सन्दीपलाई प्रबल जनसेवाश्री चौथो

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ ।  सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान प¥याएका

 पिपिएल टी–२० क्रिकेटको खेलाडी दर्ता शुरु भयो

काठमाडौं । आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने पोखरा प्रिमियर लिग पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता