तीसजनाको आँखाको नानी प्रत्यारोपण

चितवन, १८ असार । भरतपुर आँखा अस्पतालले ३० जनाको आँखाको नानी प्रत्यारोपण गरेको छ । 

गत वर्षबाट अस्पतालले तिलगंगा आँखा अस्पतालबाट आँखाको नानी ल्याएर प्रत्यारोपण गर्न शुरु गरेको हो । अस्पताल सञ्चालक समितिका अध्यक्ष चिजकुमार मास्केका अनुसार यस अवधिमा १५ देखि ७५ वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरिएको छ । 

अस्पतालले संकलन गरेको ६ जनाको आँखाको नानी झिकेर तिलगंगाको आँखा बैंकमा पठाएको मास्केले बताए । तिलगंगाले प्रशोधनको शुल्क छ हजार लिएर नानी पठाउने गर्छ । अस्पतालले आँखाको प्रकृतिअनुसार रु १० हजारदेखि रु ११ हजारसम्म शुल्क लिएर आँखाको नानी प्रत्यारोपण गर्दै आएको मास्केले बताए। 

अस्पतालले आँखाको नानी प्रत्यारोपणका लागि डा पुष्पा गिरी श्रेष्ठलाई भारतको तामिलनाडु अध्ययन गर्न पठाएको थियो । उनी फर्किएपछि गतवर्षदेखि आँखाको नानी प्रत्यारोपण गर्न थालिएको हो । 

डा श्रेष्ठका अनुसार आँखाको नानीमा चोटपटक लागेर नदेख्ने भएको तर नसा एवं पर्दा ठीक भएका बिरामीको आँखा प्रत्यारोपण गर्न सकिन्छ । यससँगै लामो समयदेखि फुलो परेर आँखामा समस्या आएकाकोसमेत प्रत्यारोपण गरिँदै आएको छ । अस्पतालमा हाल चारजनाले आँखाको नानी प्रत्यारोपणका लागि पालो कुरिरहेका छन् । तिलगंगामा दाताभन्दा प्रत्यारोपण गर्ने बढेपछि पालो कुर्नुपर्ने अवस्था छ । 

भरतपुर आँखा अस्पताल नेपाल नेत्रज्योति संघ चितवनले सञ्चालन गरेको हो । संघका कार्यबाहक अध्यक्ष कृष्णराज धरेलले आँखा दानका विषयमा जिल्ला तहमा पनि प्रचारप्रसारको काम भइरहेको बताए। आँखा दान पुण्य काम हो भन्ने जनमानसमा बुझाउन सकेमा प्रत्यारोपणका लागि पालो कुर्ने अवस्था नआउने उनी बताउँछन्। चितवन र छिमेकी जिल्लाका बासिन्दालाई सहज होस् भन्नका लागि आँखाको नानी प्रत्यारोपण गर्न थालिएको र सफल हुँदैगएको उनले बताए। 

मानिसको शरीर किन चिलाउँछ ? यस्तो छ वैज्ञानिक कारण

सम्भवत एउटा सामान्य अवस्थामा रहेको मानिसको शरीरको विभिन्न भागमा चिलाउनु सामान्य विषय हो । तर यो विषयमा निकै कम मानिसको मात्र ध्यान गएको पाइन्छ

मौसमी रुघाखोकी बढ्दो, यस्ता छन् बच्ने उपाय

  काठमाडौं, २ असोज । हरेक सिजनको परिवर्तनसँगै भित्रिने मौसमी रुघाखोकी अर्थात् भाइरलको प्रकोप हिजोआज देखिन थालेको छ । हाल नेपालमा वर्षायामको अन्त्य

नेपालमा असामयिक मृत्यु गराउने १० प्रमुख कारण

नेपालमा विगत एक दशकमा मुटुको धमनी साँघुरिएर अक्सिजन कम हुने समस्या, विभिन्न सरुवा रोग, आमा एवम् नवजात शिशुसम्बन्धी रोग र अन्य कारणबाट मानिसहरूको

तकिया र स्वास्थ्यको सम्बन्ध

काठमाडौं, १ जेठ । 'आफ्नै ओछ्यानमा सुतेको जस्तो अन्त सुतेको हुँदैन' भन्ने नेपाली उक्ती प्रचलित छ । धेरैले यसलाई डस्ना अथवा तन्नाको कारण त्यस्तो