‘धुम’को चौथो श्रृंखलामा सलमान र केट्रिना

 काठमाडौं । बलिउडको चर्चित फिल्म ‘धुम’को अर्को श्रृंखला निर्माण हुनेभएको छ ।  निर्माता आदित्य चोपडाले ‘धुम’को चौथो श्रृंखला निर्माण गर्ने भएका छन् । यशराज ब्यानरमा निर्माण हुने ‘धुम–४’ का लागि सम्भावित कलाकारहरुको नाममा पनि अड्कलबाजी चलिरहेको छ। यसमा ककसको भाग्य चम्किने हो भनेर बलिउड फिल्म नगरीमा विभिन्न कलाकारहरुको नाम लिने गरिएको चर्चा छ। 

‘धुम–४’ का लागि निर्माताले चर्चित अभिनेता सलमान खान र रणवीर सिंहको नाममा निर्णय गरिसकेको बताईन्छ । सलमानको नाम टुंगिनेबित्तिकै नायिकामा केट्रिना कैफको नाममा स्वत सहमति हुने चर्चा छ ।

सलमानकी पूर्वप्रेमिकाका रुपमा चर्चित नायिका केट्रिनाले धुम ३ मा अमिर खानसँग रोमान्स गरिसकेकी थिईन्।

 निर्माता आदित्यले फिल्मको सम्पूर्ण कलाकारहरुको नाम टुंगो गरिसकेका भएपनि हाल गोप्य राखिएको छ । यो फिल्म सन् २०२० मा सार्बजनिक गर्ने लक्ष्य आदित्यले राखेको बताईन्छ।
 

१३ सय हलमा एकैसाथ रिलीज हुँदै ‘ठाकरे’

एजेन्सी । ३० करोड रुपैंयामा बनेको बायोपिक ‘ठाकरे’ शुक्रबार बिहान ४ः१५ मा रिलीज हुँदैछ । औसत बजेट भएपनि महाराष्ट्रमा यो फिल्मले ग्राण्ड ओपनिङ

मनीषाले अझै पुस्तक लेख्ने, अझै फिल्म खेल्ने

एजेन्सी । नायिका मनीषा कोइरालाले आफ्नो पुस्तक लेखाइ र फिल्मकर्मीको यात्रा नरोकिएको बताएकी छिन् । क्यान्सर रोगबाट मुक्त भएपछि ‘हिल्ड’ नामक

अक्षय र करीनाको ‘गुड न्यूज’ आउँदै

एजेन्सी । बलिउडका चर्चित स्टारद्वय अक्षय कुमार र करीना कपूर खानको फिल्म ‘गुड न्यूज’ आउने भएको छ । कमेडी ड्रामा यस फिल्म कहिले रिलीज हुने भन्ने

आगामी फिल्मको लागि यसरी दुख गर्दैछन् अर्जुन कपूर

एजेन्सी । बलिउड नायक अर्जुन कपूर आफ्नो आउँदो फिल्म ‘पानीपत’ को लागि मेहनत गरिरहेका छन् । पीरियड ड्रामा यस फिल्ममा अर्जुन योद्धाको भुमिका देखिने