एक पत्रकारको आँखामा संजय दत्तको 'संजु'

फुटबल विश्व कपको राप र तापका बीचमा मैले हिजो राती "संजु" हेरें। संजय दत्त "बलिवुड"का एक विवादास्पद चरित्र हुन्। यो सिनेमाले मलाई बिहान चरा चिच्याउने बेला सम्म सुत्न दिएन। सिनेमा राम्रो लाग्यो। 

यसले संजय दत्तको सिनेमा उद्दोगको पदार्पण देखि उनको लागू पदार्थको लतलाई चरितार्थ गरेको छ। उनलाई आतंकवादीको आरोप लगाउने अदालत देखि उनलाई यो अभियोगबाट त्यही अदालतको निर्णयमा उन्मुक्ति दिने घटनाक्रमलाई पनि यो सिनेमाले रोचक रुपले प्रस्तुत गरेको छ।   
तर यो सिनेमामा संजय दत्तले गरेका अघिल्ला दुई बिहे अनि उनकी छोरी त्रिशालाको प्रसंग किन आएन? बिधु बिनोद चोपरा, राजु हिरानी र अभिजित जोशी जस्ता हस्तीहरु मिलेर बनाएको यो सिनेमाले कतै कतै केही कुरा गुमाएको जस्तो महशुश भयो। 

यीनको प्रयासमा कुनैबेला "थ्री ईडियट्स," "पीके," र "लागे रहो मुन्नाभाई" जस्ता राम्रा सिनेमा पनि बनेका थिए। रणबीर कपूरको बुलन्द अभिनय हेर्दा लाग्यो, म रणबीर कपुर होईन, संजय दत्तको बारेमा बनेको कुनै बित्त चित्र नै हेर्दैछु। यति हुँदाहुँदै पनि यो सिनेमाले कतै केही छुटाएको जस्तो लाग्यो।

सिनेमा शुरुभएको पांच मिनेट संजय दत्तको गुनासो मात्र सुनिन्छ। उनका बारेमा कुनै एक लेखकले "बाबागीरी" नामको एउटा हास्यास्पद किताब लेख्छन। संजय त्यो किताब आगोमा झोसिदिन्छन्। त्यसपछि उनीआफ़्नो जीवन कहानी लेख्ने अर्को लेखको खोजीमा लाग्छन। उनकी पत्नी मान्यताले सहयोग गर्छिन। 

बर्णशंकर अनुष्का शर्माको सिनेमामा प्रवेश हुन्छ। यी लेखिका लण्डनमा बस्छिन। नीलो आँखा, अस्वाभाविक "हेयर स्टाईल" अनि "हिन्द्रिन्जी" भाषा बोल्ने यी लेखिका क्षणभरमै कहिले अमेरिका र कहिले भारत ओहोर्दोहर गर्छिन, संजय दत्तलाई भेट्न जेलमा जाँदा फेशन शो मा लगाएजस्तो पहिरन हुन्छ उनको। 

अनि यी व्यवसायिक लेखिका संजुको जीवन गाथा सुन्दा आँशु पनि झार्छिं बेलाबखत। हिन्दी सिनेमामा आँशुको महत्व घटेको छैन।   

 

"संजु" सिनेमा संजय दत्तको जीवनका केही महत्वपूर्ण घटनाका पर्दामा गरिएका पुनर्निर्माण पक्कै हो। यसले दर्शकलाई बाँधेर राक्छ पनि। तर यो संजय दत्तको "बायोपिक" भने हुनसक्दैन। धेरै कुरा छुटेका छन्।  

रणबीर कपुरले निर्वाह गरेको संजय दत्तको भूमिका उच्चकोटीको छ। उनले संजुबाबाको बोली बचन व्यवहार यसरी उतारेका छन् कि, कहिलेकाही लाग्छ, दर्शकले रणबीर कपूर लाई होईन, स्वयं संजय दत्तलाई नै हेर्दैछन। सिनेमाको सबैभन्दा सफल पक्ष रणवीरको अभिनय हो।
परेश रावल सुनील दत्त जस्तै नदेखिएपनि उनको उनको अभिनयमा "दम" छ भन्ने कुरा फेरी एकपटक सावित भएको छ। तर सुनील र संजयको सम्बन्ध यथार्थको धरातल नाघेर आदर्शवादी देखाउन खोज्नु अर्को कमजोर पक्ष हो। एउटा दुर्व्यसनी छोरा  र महत्वाकान्क्षी बाबुको बीचमा हुने स्वाभाविक मानसिक द्वन्दलाई  सिनेमामा बास्तविक रुपले उतारिएको छैन।

नरगीसको रुपमा मनिषा कोईरालाको अभिनयमा खोट लगाउने ठाउँ छैन। संजायका न्यू योर्कमा भेटिएका गुजराती साथी "कमली" अर्थात विक्की कौशलको अभिनय पनि कमजोर छैन। तर उनीहरुलाई दिइएको संवादले सिनेमाको भावनात्मक पक्ष स्थापित गर्न सकेको छैन।  कमलीको "होल" (हल) मा बसेर "स्नेक" (स्न्याक्स) खाने गुजराती अंग्रेजी लवजले भने दर्शकलाई मनोरंजन गराउँछ।

सिनेमाले बारम्बार संजय दत्तको बिग्रिएको छवीका लागि संचार माध्यमलाई दोषी देखाएको छ। तर संजय दत्त केवल मेडियाका कारण मात्र दोषी ठहरिएका होईनन। उनको "अन्डरवर्ल्ड" संगको सम्बन्धलाई सिनेमामा महत्व दिइएको छैन।  

"अब बस हो गया" भन्ने सिनेमाको अन्तिम गीतमा संजय दत्त स्वयं देखापर्छन। यसले बक्स अफिस कारोबार बढाउन भूमिका खेल्नेछ। राजु हिरानी गजबका निर्माता निर्देशक हुन्, त्यसमा कुनै शंका छैन। तर आम दर्शकले हेर्न चाहेको संजय दत्तको जीवनका कतिपय पाटाहरु उनले दर्शकबाट लुकाएका छन्।  

"संजु" सिनेमा संजय दत्तको जीवनका केही महत्वपूर्ण घटनाका पर्दामा गरिएका पुनर्निर्माण पक्कै हो। यसले दर्शकलाई बाँधेर राक्छ पनि। तर यो संजय दत्तको "बायोपिक" भने हुनसक्दैन। धेरै कुरा छुटेका छन्।  (पत्रकार राजेश मिश्रको टिप्पणी https://np.psjtv.com)

 स्वर्गीय छोरीका निर्दोष प्रश्नहरु

उनैले केहीबर्ष अघिसम्म चुसेका  मेरा स्तनहरु छाम्थिन्  मेरा नाडी र पाखुराहरु सुम्सुम्याउँथिन्  अँगालो हाल्थिन्  गालामा गाला जोड्थिन्  र

प्रधान न्यायाधीश कल्याणले झुट बोलेपछि...

पुनरावेदन अदालत विराटनगरमा म ०६७ पुस ३ गते मुख्य न्यायाधीशका रूपमा हाजिर भएँ । काम गर्दै जाँदा त्यहाँ केही समस्या रहेछन् भन्ने थाहा भयो । एक दिन वरिष्ठ

 कांग्रेस नेता वाग्लेका नयाँ पुस्तक सार्वजनिक

  काठमाडौं । नेपाली कांग्रेसका नेता चिरन्जिवी वाग्लेको साहित्यिक कृति “उज्यालो तिरको यात्रा”  र “नेपाली साहित्य मेरो दृष्टि” सार्बजनिक

 सुरेन्द्रले ल्याए ‘भूमे दर्पण’

काठमाडौं । माओवादी जनयुद्धको उद्गमथलो मानिएका रोल्पा–रुकुममा स्थापित ‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धन गर्दै आएका पर्यटनविज्ञ सुरेन्द्र रानाले