माल्दिभ्समा मनोरञ्जन क्षेत्रको लगानीमा अंकुश

माले । माल्दिभ्स सरकारले मनोरञ्जन क्षेत्रमा हुने वैदेशिक लगानीको मात्रामा अंकुश लगाएको जनाएको छ । 

मालदिभ्सले स्थानीय लगानीलाई प्रेरितगर्न ठूलोमा मात्रामा हुने वैदेशिक लगानीलाई प्रतिबन्ध लगाएको सरकारी अधिकारीले बिहीबार जनाएका छन् । 

सो सरकारले हालै एउटा कानुन ल्याएर यस्ता कार्यक्रमहरूको व्यवस्थापन, मनोरन्जन र उत्पादनका क्षेत्रमा वैदेशिक लगानीलाई नियन्त्रण गरेको छ । 

माल्दिभ्सका आर्थिक तथा विकास मन्त्रालयले मनोरञ्जन क्षेत्रको काम, कार्यक्रम व्यवस्थान, श्रव्यदृश्य सामग्री उत्पान, भाडामा दिने, संगीतसम्बन्धी सामग्रीहरूको उत्पादन र विक्री वितरण गर्ने कामहरूमा ठूलो मात्राको बैदेशिक लगानी प्रतिबन्ध गरिएको जानकारी दिएको छ । 

हरेक काम तथा व्यवसायमा कम्तीमा ५१ प्रतिशत लगानी माल्दिभ्सका नागरिकको नै हुनुपर्ने प्रावधान अहिलेको कानुनमा छ । यसमा विदेशी लगानीको मात्रा ५० प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था गरिएको छ । 

तर पहिले भने सरकारले यस्ता क्षेत्रमा पूरै विदेशी लगानी पनि गर्नसक्नेगरी खुला छोडिदिएको थियो । 

यसैगरी यहाँको सरकारले हालैमात्र मोबाइल फोन विक्री तथा यससम्बन्धी तालिम, फोटो सम्बन्धी सेवालगायतका क्षेत्रमा पनि बैदेशिक लगानी रोक्ने निर्णय गरेको थियो । 

मालदिभ्समा पछिल्लो समयमा बेरोजगारी बढेको पाइएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा माल्दिभ्सका झण्डै एक चौथाई युवा बेरोजगार रहेको जनाएको थियो । 

देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न पनि लगानीको यस्तो नयाँ कानुनी प्रावधान ल्याइएको अनुमान गरिएको प्राप्त समाचारहरुमा जनाइएको छ । रासस

 यसरी सुध्रँदैछ निगम, तीन महिनामा दुई अन्तर्राष्ट्रिय गन्तव्य थपिने

काठमाडौं, १० माघ । अपेक्षाकृत अन्तर्राष्ट्रिय उडान थप्न नसकेर आर्थिक संकटमा परेको नेपाल वायुसेवा निगम (नेवानि) ले आगामी तीन महिनामा दुई नयाँ

पर्यटन वर्षको उत्कृष्ट लोगो बनाउने कलाकारलाई ५० हजार  

बलेवा । गण्डकी प्रदेश सरकारले घोषणा गरेको ‘गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९’ को लागि उत्कृष्ट लोगो र नारा बनाउनेलाई रु ५० हजार पुरस्कारको

 धुलिखेलमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै

बनेपा । पर्यटकीय क्षेत्र धुलिखेलमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ व्यवसाय छिट्टै सञ्चालन हुने भएको छ ।  काभ्रेपलाञ्चोकको धुलिखेल

 बीस लाखभन्दा बढी पर्यटक भित्र्याउने तयारी

भद्रपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको