बिर्तामोड, चितवन,बुटवल र पोखरामा अनमोल – प्रियंकाको कन्सर्ट हुने

 
काठमाडौं । युवा सिनेनायक अनमोल केसी अभिनयको माध्यमबाट परोपकारमा सरिक हुन तयार भएका छन्। उनले नेत्रहीन महिलाको कल्याणमा सहयोग पुर्याउन कन्सर्ट नै आयोजना गर्न तयार भएको थाहा भएको छ। यसका लागि ‘अनमोल साँझ २०१८’ को नामबाट देशका केही शहरमा कन्सर्ट हुने भएको छ। 

कन्सर्ट आयोजक मोनिका इन्टरनेशनल ग्रुपका अनुसार आगामी भदौ ९ गते बुटवल,भदौ १६ पोखरा, भदौ २३ चितवन र भदौ २७ बिर्तामोडमा कार्यक्रम आयोजना   हुनेछ । यी चारवटै शहरमा अनमोलले निशुल्क भाग लिने छन् । 

हालै आयोजना गरिएको पत्रकार सम्मेलनमा अनमोलले पहिलोपटक आफ्ना प्रशंसकसँग प्रत्यक्ष भेट्ने अवसर पाउन लागेकोमा खुशी व्यक्त गरे । उनले भने, अहिलेसम्म मैले सामाजिक कार्यका लागि भनेर कुनै काम गरेको थिइन । यो मेरा लागि ठूलो अवसर हो । प्रशंसकसँग प्रत्यक्ष रूपमा भेट गर्न मलाई यो कार्यक्रमले ठूलो सहयोग गर्नेछ ।’ कन्सर्टमा अभिनेत्री प्रियंका कार्कीले स्टेज शेयर गर्ने छिन्।
 

बिहेपछि तेश्रो पार्टी दिंदै कपिल शर्मा, नरेन्द्र मोदी आउने दाबी

एजेन्सी । कमेडियन कपिल शर्मा र गिन्नी चतरथ बिच गत डिसेम्बरमै बिहे भएपनि बिहेको पार्टी दिने क्रम भने सकिएको छैन । डिसेम्बर महिना १२–१३ तारिखको दिन

शिल्पा शेट्टीको दिवंगत पितालाई २१ लाख नतिरेको आरोप, \'साहु\' द्वारा मुद्दा दर्ता

एजेन्सी । बलिउड नायिकाद्वय शिल्पा र शमिता शेट्टी विरुद्ध ऋण नतिरेको भन्दै मुद्दा दर्ता भएको छ । अटोमोबाइल एजेन्सीका संचालक परहाद अमराले महानगरीय

१३ सय हलमा एकैसाथ रिलीज हुँदै ‘ठाकरे’

एजेन्सी । ३० करोड रुपैंयामा बनेको बायोपिक ‘ठाकरे’ शुक्रबार बिहान ४ः१५ मा रिलीज हुँदैछ । औसत बजेट भएपनि महाराष्ट्रमा यो फिल्मले ग्राण्ड ओपनिङ

मनीषाले अझै पुस्तक लेख्ने, अझै फिल्म खेल्ने

एजेन्सी । नायिका मनीषा कोइरालाले आफ्नो पुस्तक लेखाइ र फिल्मकर्मीको यात्रा नरोकिएको बताएकी छिन् । क्यान्सर रोगबाट मुक्त भएपछि ‘हिल्ड’ नामक