गोलको बर्षात् भएको खेलमा बेल्जियम विजयी


काठमाडौं, ९ असार । विश्वकप २०१८ अन्तर्गत शनिबार भएको पहिलो खेलमा बेल्जियमले ५–२ गोलअन्तरले ट्युनिसियालाई पराजित गरेको छ । रसियाको राजधानी मस्कोमा भएको समुह ‘जी’ को यो खेलबाट ३ अंक सहित कुल ६ अंक भएको बेल्जियम अर्को चरणमा पुगेको छ भने २ खेल हारेको ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलको पाँचौ मिनेटमै बेल्जिमयले पाएको पेनाल्टीको अवसरलाई चेल्सीबाट खेल्ने बेल्जियमका एडन हाजार्डले गोल गर्दै खेलमा अग्रता लिन सफल भएको थियो ।

उक्त गोल पछि ट्युनिसिया पनि आक्रामक भइ खेलेपनि खेलको १६ औं मिनेटमा बेल्जियमका लागि रोमेलु लुकाकुले शानदार गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।

ट्युनिसिया पनि पछि नपर्दै खेलको १८ औं मिनेटमा डाइलान बनको फ्रि किकमा गोल गर्दै खेलमा फर्किएको थियो ।

दुबै टोलीले टक्करको खेल खेल्दै पहिलो हाफ सकिनै लाग्दा रोमेलु लुकाकुले अर्को गोल थप्दै खेललाई ३–१ को स्थीतीमा पुराएपछि खेलमा मध्यान्तर भएको थियो । उक्त समय सम्म गोलमा बेल्जियम अगाडि भएपनि दुबै टोलीको बल पोसेसन लगभग बराबर नै थियो ।

त्यस्तैगरी दोश्रो हाफमा सुरुवातमै ट्युनिसियाले गोल गर्ने मौकाको सदुपयोग गर्न सकेको थिएन । यसको विपरित खेलको ५१ औं मिनेटमा बेल्जियमको लागि एडन हाजार्डले गोल गर्दै ४–१ को अग्रता दिलाए ।

सोही क्रममा खेलको ९० औं मिनेटमा बेल्जियमका मिची बात्सुयइले थप १ गोल गर्दै अग्रता अझै फराकिलो पारेका थिए ।

तथापी खेलमा खेल गएको समयलाई अतिरिक्त थप गरिएको समयमा ट्युनिसियाले थप १ गोल फर्काएको थियो । ट्युनिसियाको लागि वाहबी खाज्रीले सो गोल गरेपछि खेल अन्ततः ५–२ को स्कोरमा सकिएको थियो ।

आजको खेलमा दुबै पक्षले आक्रामक खेल खेलेको कारण यसरी गोलको वर्षा भएको र गोलमा पछि परेपनि आजको खेलमा ट्युनिसियाले राम्रो खेलेको थियो । तथापी बेल्जियमको स्तरको अगाडि ट्युनिसियाको मेहनतले तात्वीक अर्थ लिएन ।

यो सँगै बेल्जियमले खेलेको दुबै खेलमा ठुलो गोल अन्तरले जित दर्ता गर्न सफल भइ आगामी खेलको लागि अरु टोलीलाई दबाब सिर्जना गर्न सफल भएको छ ।

 

नेपाल र युएईको खेलहरु लाइभ आउने पक्का, विजेताले पुरस्कार राशी पनि पाउने

काठमाडौं, १० माघ । भोली अर्थात् शुक्रबार देखि शुरु हुने नेपाल र युएई बिचको एकदिवसिय अन्तर्राष्ट्रिय र टी–२० सिरीजको सबै खेल प्रत्यक्ष प्रसारण हुने

जरिवानामा परे रोनाल्डो, १ करोड ८८ लाख यूरो तिर्नुपर्ने

म्याड्रिड, १० माघ । करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख यूरो जरिवाना तिर्न म्याड्रिडस्थित एउटा अदालतमा सहमत भएका

जितका बावजुद नेमारको चोटका कारण पीएसजी तनावमा

एजेन्सी । जारी फ्रेन्च कपमा स्टार्सवर्गमाथी पेरिस–सेन्ट जर्मेन (पीएसजी) ले २–० गोल अन्तरको जित दर्ता गरेको छ । जितका बावजुद स्टार खेलाडी नेमार

आजदेखि एसियन कप फुटबलको क्वाटरफाइनलका खेल सुरु, पहिलो खेलमा भियतनाम र जापान भिड्दै

काठमाडौ,१० माघ । यूएईमा जारी एसियन कप फुटबलमा आजदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । क्वाटरफाइनलको पहिलो खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे