प्रतापनिधि शर्माको स्मृतिमा पुरस्कार प्रदान गरिने

विराटनगर । शिक्षासेवी एवं सामाजिक अभियन्ता प्रतापनिधि शर्माको स्मृतिमा स्थापना गरिएको संस्थाले विभिन्न व्यक्तित्वहरुलाई पुरस्कार प्रदान गर्ने भएको छ ।

संस्थाका अध्यक्ष दिनेशराज सुवेदी (दिङ्लाली कान्छो) को अध्यक्षतामा बसेको बैठकले २०७९ सालका विभिन्न शीर्षकका पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यो वर्षको शिक्षा पुरस्कार शिक्षासेवी प्रा. विश्वराज पाण्डेलाई र साहित्य पुरस्कार स्वीकृती रेग्मी (मुना) लाई प्रदान गरिने भएको छ ।

यसैगरी विभिन्न विद्यालयहरुका विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने निर्णय समितिको बैठकले गरेको छ ।

उल्लेखित पुरस्कारहरु २५ हजार र ११ हजार राशिका छन् । साथमा सम्मानपत्र पनि प्रदान गरिने छ ।

चैत १८ गते शनिबार आयोजना हुने कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिने संस्थाका सदस्य चूडामणि नेपाल ‘अकिञ्चन’ ले जानकारी दिए ।

प्रतापनिधि शर्माले विराटनगर र विराटनगर आसपास क्षेत्रमा विभिन्न शैक्षिक संस्था स्थापना गरेका थिए ।

ती संस्थाहरु अझै पनि सञ्चालनमा छन् । शिक्षा क्षेत्रमा उनको उल्लेखनीय योगदान थियो ।

वि. सं. १९७७ मा जन्मिएका शर्माको २०४५ सालमा निधन भएको थियो ।

उनीको स्मृतिमा २०४५ सालमा स्थापना भएको यस संस्थाले पुरस्कार तथा सम्मान प्रदान गर्ने कामलाई निरन्तरता दिँदै आएको छ ।


प्रतिक्रिया

One thought on “प्रतापनिधि शर्माको स्मृतिमा पुरस्कार प्रदान गरिने

  1. अतिनै सराहनिय र प्रसन्सनिय कार्य।
    स्व. प्रताप निधि शर्मा बिराटनगरको हितकोलागी विशेष गरि शैक्षिक संस्थाको उन्नति र प्रगतिकोलागि लागि पर्ने एक साधारण ब्यक्तित्वको सच्चा समाज सेवि हुनुहुन्थ्यो ।

Leave a Reply to Bijay Cancel reply

Your email address will not be published. Required fields are marked *