६ महिनामा ९ सहकारी लाखौंको चोरी


चितवन, २५ साउन । जिल्लामा सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ ।

विगत ६ महिनामा जिल्लका नौ सहकारी संस्थामा चोरी भएको छ । प्रहरी नायब उपरीक्षक प्रभु प्रसाद ढकालका अनुसार ती सहकारीबाट रु ४९ लाख ३८ हजार बराबरको चोरी भएको छ । एउटा सहकारीबाट रु १० हजारदेखि रु ३५ लाखसम्म चोरी भएको छ ।

सवैभन्दा बढी सर्वोदय बहुउद्देश्यीय सहकारी भरतपुरबाट रु ३५ लाख ८० हजार चोरी भएको छ । गीतानगर साना किसान गरिबी निवारण कृषि सहकारी संस्थाबाट रु १० हजार, भरतपुरस्थित इन्द्रग्राम पुनर्मिलन सहकारीबाट रु ५० हजार, माडीको सहनशील महिला सहकारीबाट रु एक लाख ११ हजार, बछ्यौलीको साना किसान कृषि सहकारीबाट रु ३६ हजार तथा बछ्यौलीकै वछ्यौली नारी चेतना सहकारीबाट रु एक लाख १५ हजार चोरी भएको छ ।

यस्तै रत्ननगरको एकीकृत कृषक बचत तथा ऋण सहकारीबाट रु एक लाख ९९ हजार, भरतपुरको अभ्युदय बहुउद्धेश्यीय सहकारीबाट रु तीन लाख १७ हजार र भरतपुरकै प्रभा दिदी बहिनी सहकारीबाट रु छ लाख ५३ हजार चोरी भएको जिल्ला प्रहरी कार्यालयको दर्ता उजुरीमा उल्लेख छ ।

चोरीमा सम्बन्धित कार्यालयकै कर्मचारी तथा सो विषयबारे जानकार व्यक्तिको संलग्नता रहेको पाइएको ढकालले बताए । घटनाको अनुसन्धान गर्न टोली गठन गरी परिचालन गरिएको छ । सहकारीमा चोरी गर्ने गिरोहले सिसी क्यामेरा नष्ट गरेर चोरी गर्ने गरेको पाइएको छ । शृङ्खलावद्ध रूपमा सहकारी संस्थामा चोरी हुन थालेपछि सहकारीकर्मी चिन्तित बनेका छन् । रासस

 

 मनाङ सडक तीन ठाउँमा अवरुद्ध

मनाङ, ३१ साउन ।  हिमालपारीको जिल्ला मनाङ सडक खण्ड तीन ठाउँमा अवरुद्ध भएको छ । बाढी र पहिरोका कारण तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रुहरू समस्यामा

 दुर्घटनामा धेरै दुइपाङ्ग्रे चालकको मृत्यु

काठमाडौँ, ३१ साउन । काठमाडौँ उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ । महानगरीय ट्राफिक प्रहरी

बिम्स्टेकको सम्पूर्ण तयारी  पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर

एकीकृत सम्पत्ति कर ३०० प्रतिशत वृद्धि गरेपछि स्थानीय आक्रोशित

नेपालगञ्ज, ३१ साउन । बाँके कोहलपुर नगरपालिकाका केही वडा कार्यालयले घरजग्गाको मूल्याङ्नसँगै एकीकृत सम्पत्ति कर ३०० प्रतिशतले वृद्धि गरेपछि स्थानीय