शानदार डेब्यु गरेका सन्दीपको किफायती बलिङ

काठमाडौं, २५ साउन । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा डेब्यु गरेका नेपाली स्टार सन्दीप लामिछानेले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन् । सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सको लागि खेलेका उनले खेलकै किफायती बलिङ गरेपनि गुयना अमेजन वारियर्ससँग सन्दीपको टोली ६ विकेटले पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै जम्मा १४६ रन बनाउन सफल भएको थियो । टोलीका लागि कप्तान क्रिश गेलले ६५ बलमा ८६ रन बनाउने क्रममा ५ छक्का र ७ चौका प्रहार गरे । त्यस्तै टम कुपर र बेन कटिङले १५/१५ रन बनाए ।

बलिङतर्फ गुयनाका किमो पलले ४ ओभरमा १६ रन दिंदै २ विकेट लिए । कसिलो बलिङ गरेको गुयनाको लागि शोहेल तनवीर, इमरान ताहिर र क्रिश ग्रिनले समान १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको गुयनाले १६.३ ओभरमा ४ विकेट गुमाउँदै १४८ रन बनाउँदै लक्ष्य हासिल गर्न सफल भयो । यसअघि गुयनाको सुरुवात राम्रो हुन सकेको थिएन । पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको गुयनाले दोश्रो ओभरको पहिलो बलमा दोश्रो विकेट गुमाएको थियो ।

इनिङको दोश्रो ओभर सन्दीप लामिछानेले बलिङ गरेका थिए । उनले सिपिएलमा फालेको पहिलो बलमै चाडविक वाल्टनको विकेट लिएका हुन् । सन्दीपले फालेको फ्लाइट बललाई लामो प्रहार गर्ने सोचेका चाडविकले ब्याटको टाइमिङ मिलाउन नसक्दा मिड अनमा बेन कटिङले क्याच गरेका थिए ।

सन्दीपको दोश्रो बलमा शोएब मल्लिकले १ रन लिएका थिए । त्यस्तै सन्दीपले तेश्रो बल गुगली फालेकोमा शिम्रन हेटमिरलाई बिट गरेपनि विकेट किपर डेभोन थोमसले स्टम्पीङको मौका गुमाएपछि सन्दीपले पहिलो ओभरमै दुई विकेट लिने सुनौलो अवसर गुमाउनु प¥यो ।

अन्ततः यिनै हेटमिरले अविजित रहँदै ४५ बलमा ७९ रन बनाएर गुयनालाई सहज विजय दिलाए । त्यसपछिको ३ बलमा २ रन दिएका सन्दीपले डेब्यु खेलको पहिलो ओभरमा १ विकेट लिंदै ३ रन दिए ।

त्यसपछि पुनः रन गति बढेपछि कप्तान क्रिश गेलले सन्दीपलाई इनिङको छैठौं ओभर बलिङ गर्न जिम्मेबारी दिएकोमा ६ बलमा १ रन मात्र दिए । इनिङको ८ औं ओभर पनि बलिङ गरेका सन्दीपले जम्मा ४ रन दिए ।

त्यस्तै उनको अन्तिम ओभर तथा खेलको १० औं ओभरमा पुन: बलिङ गरेका सन्दीपले पहिलो बलमा १ रन दिएर दोश्रो बलमा जेसन मोहम्मदलाई आउट बनाए । त्यसपछिको ४ बलमा ३ बल दिएका सन्दीपले ४ ओभरमा १२ रन दिंदै २ विकेट लिंदै डेब्यु खेललाई सुखद बनाए । उनको २४ बलमा १३ बलमा कुनै रन बनेको थिएन भने उनले एउटा पनि चौका/छक्का पनि दिएनन् ।

बलिङमा सन्दीप बाहेक शेल्टन कोट्रेलले पनि २ विकेट लिए । दोश्रो इनिङमा शितका कारण बल ग्रिप नभएको कारण पनि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सका अन्य बलरहरु जम्न सकेनन् ।

गुयनाको लागि हेटमिरले ७९ बाहेक क्रिश ग्रिनले अविजित २५ रन बनाए भने जेसन मोहम्मदले १६ र शोयब मल्लिकले १४ रन बनाए ।  
सन्दीपको बलमा आउट हुनबाट जोगिएका शिम्रन हेटमिरनै खेलको म्यान अफ द म्याच भए ।

सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सको दोश्रो खेल डिफेन्डीङ च्याम्पीयन ट्रिनबागो नाइट राइडर्स विरुद्धको खेल नेपाली समय अनुसार आइतबार बिहान ५ः४५ मा छ ।

 

सन्दीपले २ विकेट लिएपनि सेन्ट किट्स पराजित

काठमाडौं, ३१ साउन । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली स्टार सन्दीप लामिछानेले सेन्ट किट्स एण्ड नेभिस पेट्रियोट्सको तेश्रो खेलमा २ विकेट

विश्वकप रंगशालामा नेपालीको मृत्यु

काठमाडौँ  ।  सन् २०२२ को लागि कतारमा हुन गइरहेको विश्वकप रंगशालाको लागि निर्माणधीन अल वक्रा रंगशालामा मोरङका २३ वर्षीय तेजनारायण थारुको मंगलबार

 सिपिएलमा सन्दीपको तेश्रो खेल भोलि बिहान ४ः४५ बजे

काठमाडौं, ३० साउन । नेपाली स्टार सन्दीप लामिछानेको क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत तेश्रो खेल नेपाली समयअनुसार भोलि बिहान ४ः४५ मा हुने

नेपाली खेलाडी आइसिसिको बरियतामा

  काठमाडौँ, २९ साउन । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेलगत्तै नेपाली खलाडी बरियतामा समावेश भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट