निगमको लापरवाहीले नेपाली विमान ६ घण्टा दिल्लीमा अलपत्र

नेपाल वायुसेवा निगम व्यवस्थापन लापरबाही गरी बोइङ भन्दै एयरबसको वाइड बडी जहाज भारतको नयाँ दिल्ली पठाएका कारण उक्त जहाज ६ घण्टासम्म उतै अड्किएको खुलासा भएको छ । 

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा निगमको पहिलो वाइड बडी जहाज अन्नपूर्ण बुधबार दिउँसो २ः४० बजे काठमाडौं उडान भर्ने तालिकामा भए पनि त्यसको ६ घण्टासम्म त्यहीँ रोकिएको थियो । 

निगम व्यवस्थापनले बुधबार आफ्नो लापरबाही ढाकछोप गर्न भारतीय इन्जिनियर अनुपस्थित हुँदा उडान अनुमति पत्रमा हस्ताक्षर गर्न नपाइएको र उडान तीन घण्टासम्म रोकिएर सँझ ६ बजे काठमाडौं अवतरण गरेको जनाएको थियो । 

तर, निगमकै एक उच्च अधिकारीले एकथरी जहाज भनेर अर्कै पठाउँदा दिल्लीमा वाइड बडी ६ घण्टा रोकिएको जानकारी दिए । 'यताबाट सुरुमा १ सय ९० सिट क्षमताको बोइङ ७५७-२०० सिरिजको जहाज दिल्ली पठाउने भनेर उता जानकारी गराइयो', ती अधिकारीले भने 'तर, जाने बेलामा बोइङको सट्टा २ सय ७४ सिटे एयरबस ३३०-२०० सिरिजको वाइड बडी गयो ।' नागरिक दैनिकबाट ।

सेवा बन्द चिकित्सकीय धर्म होइन

  आगामी भदौ १ देखि लागु हुने मुलुकी अपराध (संहिता) ऐनमा उपचार सेवामा चिकित्सकबाट हुने लापरबाहीमा क्षतिपूर्ति दिलाउनेदेखि जेल सजाय गर्नेसम्मको अलिक

घरको तलाअनुसार कर,मेहदी लगाउनेलाई दैनिक १० रुपैयाँ कर

  मकै पोल्नेलाई दैनिक ४५, भैँसी बेचे हजार रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारमा मकै पोलेर बेच्नेसँग दिनको ४५ रुपैयाँ कर उठाउन थालेको छ ।

सिंहदरबार प्रवेशमा थप कडाइ गरिँदै

काठमाडौं - देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा थप कडाइ गरिने भएको  छ । सिंहदरबारभित्र सामान्य काम लिएर पनि प्रवेश गर्नेको संख्या

आरुषी–हेमराज हत्याकाण्ड : दशकपछि बहसमा

भारतको सर्वोच्च अदालतले आरुषी–हेमराज हत्याकाण्डमा इलाहाबाद उच्च अदालतको फैसलाविरुद्ध परेको निवेदन सुनुवाइ गर्ने भएको छ । उच्च अदालतले छोरी