गुण्डा नाइके लामालाई एक वर्ष कैद  

काठमाडौँ, २५ साउन । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गणेश लामालाई दोषी ठहर गरी एक वर्ष कैद र रु एक करोड बिगो बराबरको सम्पति जफत गर्ने फैसला सुनाएको छ । 

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले विहिबार लामालाई कैद र रु एक करोड ४० लाख ५० हजार सम्पति बराबरको बिगो जफत् गर्ने फैसला सुनाएको विशेष अदालतका रजिष्टार भीमकुमार श्रेष्ठले जानकारी दिए । 

नेपाली काँग्रेसबाट काभ्रे प्रदेशसभा क्षेत्र नम्बर १ को ‘ख’का उम्मेदवार लामाले आपराधिक गतिविधिबाट रु २७ करोड एक लाख सम्पति जोडेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेर २०७० साल जेठ ५ गते लामासहित पाँच जना विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई उपलब्ध गराएको थियो । विभागले सोहीअनुसार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । लामा बाहेक पाल्साङ लामा, रञ्जु लामा, विनोद लामा, राकेश लामा र लक्ष्मी लामालाई अदालतले सफाइ दिएको छ । 

लामाको नाममा काठमाडौँ, भक्तपुर र ललितपुरमा २०५ रोपनी जग्गासहित रु २७ करोड एक लाख नगद अवैध रहेको उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो । लामा हाल हातहतियार मुद्दामा डिल्लीबजार कारागारमा छन् । रासस

 मनाङ सडक तीन ठाउँमा अवरुद्ध

मनाङ, ३१ साउन ।  हिमालपारीको जिल्ला मनाङ सडक खण्ड तीन ठाउँमा अवरुद्ध भएको छ । बाढी र पहिरोका कारण तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रुहरू समस्यामा

 दुर्घटनामा धेरै दुइपाङ्ग्रे चालकको मृत्यु

काठमाडौँ, ३१ साउन । काठमाडौँ उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ । महानगरीय ट्राफिक प्रहरी

बिम्स्टेकको सम्पूर्ण तयारी  पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर

एकीकृत सम्पत्ति कर ३०० प्रतिशत वृद्धि गरेपछि स्थानीय आक्रोशित

नेपालगञ्ज, ३१ साउन । बाँके कोहलपुर नगरपालिकाका केही वडा कार्यालयले घरजग्गाको मूल्याङ्नसँगै एकीकृत सम्पत्ति कर ३०० प्रतिशतले वृद्धि गरेपछि स्थानीय