५ सय सीमास्तम्भ गायब, नेपालको १२ सय हेक्टर भूभाग भारततिर

नेपाल–भारत सीमाका करिब ५ सय स्तम्भ हराएका छन् । नापी विभागले चार वर्ष लगाएर ताप्लेजुङदेखि दार्चुलासम्म गरेको सीमा–अध्ययनमा यस्तो पाइएको हो ।

नापी विभागअन्र्तगत स्थलरूपी तथा भू–उपयोग व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार यसको विवरण संकलन भइसकेको छ । अद्यावधिक हुन भने बाँकी छ । ‘संख्यामा केही तलमाथि हुन सक्छ’, उनले भने, ‘नदीनालाले सीमा छुट्याएका ठाउँका स्तम्भ भेटिएका छैनन्, जमिनका थोरै मात्र हराएका छन् । बाढी आउँदा धेरै स्तम्भ बगाएको हुनसक्छ ।’

उनका अनुसार कुनै ठाउँमा नियतवश बेपत्ता पारिएको पाइएको छ । कतिपय भत्किएर र बिग्रिएर पनि हराएका छन् । मेची, नारायणी र महाकालीलगायत ५७ नदीले नेपाल–भारतबीच सीमाको काम गरेका छन् । नेपाल–भारत सिमानाको १ हजार ८ सय ८० किलोमिटर क्षेत्रमा ६ सय ४० किलोमिटर क्षेत्रमा नदीनाला पर्छन् ।

सापकोटाका अनुसार सन् २०१४ यता सीमासम्बन्धी प्राविधिक काम गर्न गठित नेपाल–भारत संयुक्त ‘बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी)’ गठनपछि दशगजामा रहेका ८ हजार ५ सय ५३ सीमास्तम्भको निरीक्षण गर्दा ८ हजार ५४ वटा राम्रो अवस्थामा पाइएको छ । १ हजार ३४ नयाँ स्तम्भ निर्माण गरिएका छन् । तीन वर्षका लागि गठन भएको बीडब्लूजीको समय ५ वर्ष थपिएको छ । 

२०४५ को नेपाल–भारत सम्झौता र २०२१ सालको नापीबाट करिब १२ सय हेक्टर नेपाली भूभाग भारततर्फ पुगेको अनुमान छ । त्यति नै मात्रामा भारतीय भूभाग नेपालतर्फ आएको उताको दाबी छ । २०४५ सालमा सन् १८१६ मा भएको सुगौली सन्धि पछिको सबैभन्दा पुरानो उपलब्ध नक्साका आधारमा सीमा कायम गर्ने सम्झौता भएको थियो । विसं २०२१÷२२ मा सुरु भएको जग्गा नापी कार्यक्रमअन्तर्गत सीमा क्षेत्रमा नापी हुँदाका बखत रहेको हकभोगका आधारमा जग्गाधनीलाई पुर्जा दिइएको छ । अन्नपूर्ण पोस्टबाट ।

सेवा बन्द चिकित्सकीय धर्म होइन

  आगामी भदौ १ देखि लागु हुने मुलुकी अपराध (संहिता) ऐनमा उपचार सेवामा चिकित्सकबाट हुने लापरबाहीमा क्षतिपूर्ति दिलाउनेदेखि जेल सजाय गर्नेसम्मको अलिक

घरको तलाअनुसार कर,मेहदी लगाउनेलाई दैनिक १० रुपैयाँ कर

  मकै पोल्नेलाई दैनिक ४५, भैँसी बेचे हजार रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारमा मकै पोलेर बेच्नेसँग दिनको ४५ रुपैयाँ कर उठाउन थालेको छ ।

सिंहदरबार प्रवेशमा थप कडाइ गरिँदै

काठमाडौं - देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा थप कडाइ गरिने भएको  छ । सिंहदरबारभित्र सामान्य काम लिएर पनि प्रवेश गर्नेको संख्या

आरुषी–हेमराज हत्याकाण्ड : दशकपछि बहसमा

भारतको सर्वोच्च अदालतले आरुषी–हेमराज हत्याकाण्डमा इलाहाबाद उच्च अदालतको फैसलाविरुद्ध परेको निवेदन सुनुवाइ गर्ने भएको छ । उच्च अदालतले छोरी