सन्दीपको सिपिएलमा डेब्यु आज, खेल मध्यरात ३ः४५ बजे


काठमाडौं, २४ साउन । इन्डियन प्रिमियर लिग (आईपिएल) बाट सुरु भएको नेपालका स्टार क्रिकेटर सन्दीप लामिछानेको क्रिकेट यात्रा हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) सम्म आइपुगेको छ ।

यो बिचमा सन्दीपले विश्व ११ बाट खेल्नुका साथै ग्लोबल टि–२० क्यानडा मा पनि खेलेका छन् । यस अद्भुद् यात्राको क्रममा सन्दीपले अथक मेहनतका साथ अनेकन सफलता पनि पाएका छन् ।

यहि यात्राको निरन्तरताको क्रममा आज सन्दीपको टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सको पहिलो खेल भएकाले सन्दीपको सिपिएलमा डेब्युको ठुलो सम्भावना रहेको छ । सन्दीपको टोलीले आज गुयना अमेजन वारियर्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार मध्यरात ३ः४५ बजे सुरु हुनेछ ।

सन्दीपको टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सले कुल ६ विदेशी खेलाडि किनेको छ । सिपिएलको नियमानुसार एक खेलमा बढिमा ३ विदेशी खेलाडि खेल्न पाउने भएकाले सन्दीपले आजको खेलमा मौका पाउने कि नपाउने भन्ने दुविधा भएपनि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्स टोलीको खेलाडीको क्रम हेर्दा सन्दीपको आज सम्भावना देखिएको छ ।

सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सले किनेको ६ खेलाडिहरुमा सन्दीप बाहेक, बंगलादेशका महमुदुल्लाह, अष्ट्रेलियाका बेन कटिङ, न्युजिल्याण्डका एन्टोन डेभासिच, नेदरल्याण्ड्सका टम कुपर र भारतीय मुलका अमेरिकी खेलाडि इब्राहिम खलिल छन् ।

यस्तोमा सेन्ट किट्समा ओपनरको हैसियतमा खेल्नको लागि क्रिश गेल र एभिन लेविस भएकाले पहिलो खेलमा एन्टोन डेभासिचले खेल्ने मौका पाउन कठिन रहेको छ । त्यस्तै नेदरल्याण्ड्सका टम कुपर र अमेरिकाका इब्राहिम खलिल पनि ब्याट्म्याननै रहेको उनिहरुको सम्भावना कम नै देखिएको छ । यसको विपरित बंगलादेशका महमुदुल्लाह र अष्ट्रेलियाका बेन कटिङले आजको खेल खेल्ने सम्भावना देखिएको छ ।

त्यस्तैगरी हालसालै नेपाललाई पहिलो एकदिवसिय खेल जिताउन महत्वपूर्ण भुमिका खेलेका सन्दीप लामिछानेको अनुभवका कारण स्थानिय स्पीनरहरु भएपनि पहिलो खेलमा सन्दीपले मौका पाउने सम्भावना छ ।

सन्दीपको लेग स्पीन विश्व क्रिकेटमा नौलो स्वरुपको भएकोले पनि सन्दीप पहिलो रोजाइमा पर्ने ठुलो सम्भावना रहेको छ । त्यस्तै सन्दीपले यस सिजनको सिपिएल पुरै खेल्न सम्भव नभएकोले सुरुवाती खेलहरुमा खेलाइ सन्दीपको धारिलो स्पीनको फाइदा उठाउने सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सको योजना हुनसक्छ । करिब ४० दिन चल्ने यस प्रतियोगितामा सन्दीपले बढिमा १८ दिनमा मात्र खेल्न पाउनेछन् । यहि बिचमा नेपालको एसिया कप छनौट प्रतियोगिता भएकोले सन्दीप सिपिएल बिचमै छोडेर नेपाल आउने तालिका रहेको छ ।

एसिया कपमा छनौट हुन नेपाल सफल भएमा सन्दीपले बिचमा केहि खेलको लागि वेष्ट इन्डीज जान सम्भव भएपनि उक्त समयमा कस्तो निर्णय गर्ने सन्दीपमा भर पर्छ ।

फरक फरक परिवेशमा खेलेर निखारिएको सन्दीपको बलिङले वेष्ट इन्डीजको भुमिमा कस्तो चमत्कार गर्छ, त्यो हेर्न अब धेरै बेर कुर्नुपर्ने छैन ।  
     

 

सन्दीपले २ विकेट लिएपनि सेन्ट किट्स पराजित

काठमाडौं, ३१ साउन । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली स्टार सन्दीप लामिछानेले सेन्ट किट्स एण्ड नेभिस पेट्रियोट्सको तेश्रो खेलमा २ विकेट

विश्वकप रंगशालामा नेपालीको मृत्यु

काठमाडौँ  ।  सन् २०२२ को लागि कतारमा हुन गइरहेको विश्वकप रंगशालाको लागि निर्माणधीन अल वक्रा रंगशालामा मोरङका २३ वर्षीय तेजनारायण थारुको मंगलबार

 सिपिएलमा सन्दीपको तेश्रो खेल भोलि बिहान ४ः४५ बजे

काठमाडौं, ३० साउन । नेपाली स्टार सन्दीप लामिछानेको क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत तेश्रो खेल नेपाली समयअनुसार भोलि बिहान ४ः४५ मा हुने

नेपाली खेलाडी आइसिसिको बरियतामा

  काठमाडौँ, २९ साउन । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेलगत्तै नेपाली खलाडी बरियतामा समावेश भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट