प्रचण्ड सत्तामा प्रकाण्ड हिरासतमा

काठमाडौं,२३ साउन । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्व सहयात्री  खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आज प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ। उनी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता हुन्।

प्रकाण्डलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको थाहा भएको छ।

पूर्वमन्त्री प्रकाण्डमाथि थप अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालय स्रोतले बताए छ। पक्राउ परेका प्रकाण्डलाई काठमाडौं प्रहरी परिसरमार्फत मुद्दा चलाइने भएको छ।

कालीकोटको मालकोटमा मध्यम वर्गीय दलित परिवारमा ०२५ सालमा जन्मेका बिक ०५२ सालदेखि माओवादीको पूर्णकालीन बनेर जनुयुद्धमा होमिएका थिए। उनी माओवादी नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत बनेका थिए।

माओवादी पार्टी विभाजनमा वैद्यसमूहमा लागेका उनी पछि विप्लवतिर लागे। हाल उनी सो पार्टीको प्रवक्ता छन्।

जनयुद्धमा लागेका बेला खड्गबहादुर दुईजना भाइहरु सुरक्षा पाmैजबाट मारिएका थिए। जनयुद्धमा माइलो भाइ सिंहबहादुर बिक र साइलो अमरबहादुर बिक मारिएका थिए।

प्रकाण्डले ०४६ सालमा प्रचण्डनिकट अखिल नेपाल युवक संघबाट राजनीति सुरु गरेर ०४७ सालमा पार्टी सदस्यता पाएका हुन्।
 
 
 

माहिर खेलाडि अजित डोभलसँग सिंगापुरमा देउवाको भेट भयो ?

काठमाडौं । भारतमा असाध्यै शक्तिशाली मानिन्छन् अजित डोभल । त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीपछिका शक्तिशाली उनै डोभल मानिन्छन् । र, अजित डोभल

  बामदेव उपचुनाव लड्ने भित्री तयारीले सत्तारुढ दलमा खटपट

काठमाडौं । नेकपाका नेता बामदेव गौतमलाई कुनै हिमाली जिल्लाबाट उपचुनाव जिताएर संघीय संसदमा भित्र्याउने कुराले सत्तारुढ दलभित्र ठूलै कम्पन उत्पन्न

 विप्लवका बाह्र कार्यकर्ता प्रहरी नियन्त्रणमा

रत्ननगर, २९ साउन । चितवनका विभिन्न स्थानमा  बन्द गराउँदै हिँडेका आज प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।  शान्ति सुरक्षाका लागि रातिदेखि नै

विप्लवको बन्दमा आगजनी र बिष्फोटक पदार्थको आतंक

काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मंगलबार आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको