यसकारण साउन १५ मा खिर खानुपर्ने मान्यता

 

काठमाडौं, १५ साउन । साउन १ बाट सुरु हुने चाडपर्वको निरन्तरता आजको दिन अर्थात् साउन १५ हो । आजको दिनमा विशेष गरी घर–घरमा खिर खाइ यो पर्व मनाइने गरिएको छ ।

चामललाई घ्यूमा मोलेर दुधमा पकाइ सख्खर तथा चिनी हारेर स्वादिष्ट बनाइ खिर पकाउने चलन रहेको छ ।

यसमा प्रयोग गर्ने चामल टाइचीन अथवा अन्य बासनादार हुँदा खिर थप स्वादिष्ट हुन्छ । नेपाली संस्कृतिमा खिरको ठुलो महत्व रहेको छ ।
खिरको प्रयोग विभिन्न पुजा तथा अनुष्ठान, श्राद्ध, बिहे, व्रतबन्ध जस्ता विभिन्न धार्मिक तथा साँस्कृतिक अवसरमा हुने गरेको छ ।

असारमा भिजेको तथा थकित शरिरलाई उर्जा प्रदान गर्ने उद्देश्यले पनि साउन १५ मा खिर खाने चलन चलिआएको छ । खिरमा मरिच, किसमिस, सुकेको नरिवल, दालचिनी, काजु र शुकमेल राखेर तयार गरिएको खिरले शरिरको असन्तुलित तापमानलाई सन्तुलनमा ल्याउने जन–विश्वास रहेको छ ।

त्यसो त शरिरको आवश्यकता मात्र होइन साउन महिनामा प्रशस्त पानी पर्ने भएकाले हरिया घाँसहरु पनि प्रशस्त पाइने हुँदा गाई भैंसीहरुले मनग्य दूध दिने गर्दछन् । यसरी दुध प्रशस्त हुँदा खिर बनाइ खाइने चलन पनि चल्दै आएको छ । त्यस्तै यस महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा पनि रहेको छ ।

कर्कोटक नागको बासस्थान टौदहमा मेला

काठमाडौँ, ३१ साउन । कीर्तिपुर नगरपालिकामा रहेको टौदहमा नागपञ्चमीका अवसरमा आज मेला लागेको छ ।  कर्कोटक नागको बासस्थानको रूपमा परिचित उक्त दहमा

चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नागपूजा

काठमाडौँ, ३१ साउन ।  प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना

 ध्यानबाट यसरी हुन्छ प्रकाशको उत्पति

बाहिर संसारमा विभिन्न प्रकारका वस्तुहरु रहेका हुन्छन्, सूर्यको प्रकाश परेपछि ती वस्तुहरु प्रकाशित हुन्छन् । हामी आँखाले ती बाहिरी वस्तुलाई देख्न

 दरबारमा ठूला घण्ट नबजेको वर्षाैं भयो

ललितपुर । विश्व सम्पदामा सूचीकृत पाटन, भक्तपुर र काठमाडौँका तीनै दरवारमा रहेका ठूला घण्ट नबजेको वर्षाै भएको छ। यी दरवार क्षेत्र विश्व सम्पदामा समावेश